+
+
Shares

टाउन प्लानिङबाट एकनाले बन्दुकसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ६ गते १३:४०

६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-२६ टाउन प्लानिङबाट प्रहरीले एउटा सोह्रबोरको एकनाले बन्दुक र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित एक जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी मंगला गाउँपालिका-१ घर भएका ६० वर्षीय रामबहादुर पाइजा छन् ।

पक्राउ परेका पाइजाले धादिङ छत्रेदेउराली-९ घर भएकी ३५ वर्षीया महिलासँग झै-झगडा हुँदा आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिएको महानगरीय प्रहरी प्रभाग, गोंगबुले जनाएको छ ।

त्यसपछि प्रहरी टोलीले उनको कोठामा रहेको हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?