Comments Add Comment

२५ करोडको लागतमा भक्तपुरको रानीकोटमा नयाँ होटल


६ साउन, काठमाडौं । ऐतिहासिक मात्र नभएर मनोरम स्थानका रुपमा प्रख्यात रहेको भक्तपुरको रानीकोटमा सुविधा सम्पन्न होटल निर्माण अन्तिम चरणमा पुगेको छ । सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थानमा मानिने (१९५० मिटर) रानीकोटमा भिलेज हाईल्याण्ड होटल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

५ रोपनी क्षेत्रफल भएको भिलेज हाइल्याण्ड जग्गाको मुल्य छोडेर २५ करोड रुपैयाँको लागतमा होटल निर्माण गर्न लागिएको होटल सञ्चालक समितिका अध्यक्ष रामसुन्दर बकेले बताए ।

हाल तीन वटा भवन निमार्ण कार्य भइरहेको छ । प्रमुख भवनको निर्माण कार्य लगभग ८० प्रतिशत सकिएको छ ।

अहिले निर्माणाधीन भवनको रंगरोगन, फिनिसिङ र विद्युतका जडानको काम भइरहेको छ । सूर्यविनायकको चोकदेखि ७ किलोमिटर दूरीमा रहेको भिलेज हाइल्याण्डमा तत्काल २१ वटा रुमहरु रहन अध्यक्ष बिकेले बताए । अरनिको राजमार्ग अन्तरगत सूर्यविनायक चोकदेखि ५ किलोमिटर पिच रहको छ भने २ किलोमिटर सडक अफरोड छ ।

अध्यक्ष बके भन्छन् होटलका सबै रुमहरु डिलक्स हुने छन् । होटलमा ३ वटा हलहरु छन, जस्मा ३० जना, ७० जना र १५० जना मानीस अटाउन सक्ने क्षमता रहकेा छ । अध्यक्ष बिके भन्छन्, ‘हामीले होटलका केही रुमहरुभित्र नै बार, स्वीमिङपुल र किचेन समेत हुने गरी निमार्ण गरेका छौं । यदी कोही मानीस होटलमा आएर सुविधासम्पन्न खोजेमा सो पनी उपलब्ध होस भन्ने हेतुले होटलका केही रुमको यस्तो खालको डिजाईन गरेका हो ।’

होटल परिसरबाट नै १८० डिग्रीमा हिमालहरु आँखै अगाडि देख्न सकिन्छ । होटलबाट दोर्जे लाक्पा, लाडटाङ, मनास्लु, पुवरी, गौरीशंकर लगायतका हिमालहरु देख्न सकिन्छ । होटलबाट नै काठमाडौं उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला होटका रुमहरुबाट नै देख्न सकिन्छ ।

ललितपुरको लाँकुरीभञ्ज्याड, काभ्रेको पनौति, कुसादेवीदेखि समेत रानीकोट हाईकिङ रुट चलनचल्तीमा प्रख्यात छ । यस्तै ऐतिहासिक रुपले मानिने रानीकोट, धार्मिक हिसाबले प्रख्यात बाघभैरव समेत यो क्षेत्रमा छ । होटल वरिपरी घना जंगल भएका कारण जगली जनावरको समेत अवलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment