Comments Add Comment

यात्रा गर्दै हुनुहुन्छ ? यसरी बन्नुहोस् ‘स्मार्ट ट्राभलर’

कतै घुम्न निस्कदै हुनुहुन्छ ? पक्कैपनि तपाईं छरितो, सहज, स्मरणिय यात्रा रुचाउँनु हुन्छ । तर, यात्राको तयारी गरिरहँदा अनेक किसिमको झन्झट आइलाग्छ । कतिपय झन्झटहरु हामी सुल्झाउन सक्दैनौं/चाहँदैनौ । नतिजा, त्यही झन्झटले यात्रालाई खल्लो बनाइदिन्छ । त्यसैले यात्रा थाल्नुअघि केही तयारी गर्नुहोस्, ताकि यात्राको विन्दास मजा उठाउन सकियोस् ।

घुमफिरको तयारी

व्यस्त जीवनशैलीसँगै हामीलाई काम वा घुमघामको सिलसिलामा विभिन्न स्थानहरुमा यात्रा गरिरहनुपर्ने हुन्छ । यात्राको क्रममा के के सामान लिएर जाने वा आफ्नो सामानहरु कसरी प्याकिङ गर्ने भन्ने चिन्ताले हामीलाई धेरै सताउँछ ।

उसै त यात्रामा धेरै सामान बोकेर हिँड्न गाह्रो हुन्छ त्यसैमाथि पनि विमानमा यात्रा गर्दा एयरलाइन्सहरुले यात्रुहरुलाई लगेजको तौलको सीमा तोकका हुन्छन त्यसैले सकेसम्म कम सामान लिएर यात्रा गर्नुनै उत्तम हुन्छ ।

तपाई पनि बिदामा कतै घुम्न जाँदा वा कामको सिलसिलामा कतै यात्रा गर्दा लैजानुपर्ने आवश्यक सामानहरु धेरै भएर प्याकिङ गर्दा सुटकेसमा सामान नअटेर हैरान हुनुभएको छ भने आज हामी कसरी प्याकिङ गर्ने भन्ने बारेमा कुरा गर्दैछौं ।

तपाईले निम्न टिप्सहरु अपनाएर प्याकिङ गरेमा सबै आवश्यक सामानहरु एडजस्ट हुन्छन् र सजिलोसँग यात्रा गर्नसक्नुहुन्छः

१. बेल्टहरुलाई सुटकेसको घेरा अनुसार राख्नुहोस् । यसरी राख्नाले रोल गर्दा भन्दा तुलनात्मक रुपमा थोरै ठाँउ लिन्छ ।

२. सुटकेश भित्र जुत्ता प्याक गर्दा तपाईले आफ्नो जुत्ता भित्र अट्ने ससाना चीजहरु राख्न सक्नुहुन्छ ।

३. यात्रामा पाइजामा वा हाफप्यान्टहरु आरामदायक हुने भएपनि जिन्स पहिरिनुहोस् । यसो गर्दा जाडोमा चिसोबाट बँच्न सकिन्छ भने तपाइर्ंले आफ्नो सुटकेशमा राख्नुपर्ने सामान पनि थोरै हल्का बनाउँछ ।

४. तपाई लामो यात्रामा निस्कनुभएको छ र तपाईले यात्राकै क्रममा कपडा धुन सक्नुहुन्छ भने कपडा सकेसम्म थोरै बोक्नुहोस् । हरेक प्रकारका कपडा मात्रै २ जोर बोक्नुहोस् ।  जस्तै २ वटा सर्ट, २ वटा प्यान्ट आदी ।

५. स-साना चीजहरुलाई सुटकेशको जिप कम्पार्टमेन्टमा राख्नुहोस् ।

६. धेरै कपडाहरुको लागि इन्टरविभिङ मेथड प्रयोग गर्नुहोस् । सुटकेशमा पहिला प्यान्ट र लामा वस्त्रहरु राख्नुहोस् । त्यस पछि ज्याकेट, सट्र्सहरु राख्नुहोस् । त्यस्तै कपडाको हरेक तहमा टिस्यु पेपर राखेमा कपडा खुम्चिँदैन ।

७. पासपोर्ट बर्थ सर्टिफिकेट लगायत महत्वपूर्ण कागजातलाई जिपलक ब्यागमा राख्नुहोस् । यसो गर्दा सबै डकुमेन्टहरु एकैठाउँमा रहन्छ ।

८. यदि यात्रामा समयमा तपाईले ल्यापटप, आइप्याड हेयरड्रायर, रेजर आदि साथमा लैजाँदै हुनुहुन्छ भने युनिभर्सल एडप्टर राख्नुहोस् ।

९. चाबी, सनग्लास, घडी आदी जिन्स वा ज्याकेटको पकेटमा राखेर तपाईले सुटकेसमा ठाँउ बचाउन सक्नुहुन्छ ।

१०. त्यस्तै कस्मेटिक सामानहरु पनि सानो अर्थात ट्राभल साइजमा खरिद गर्नुहोस् ।

११. मिक्स एण्ड म्याच प्याटर्नका कपडाहरु राख्नुहोस् । यसो गर्दा एउटासँग अर्को जुन कपडा लगाउँदा पनि म्याच हुन्छ र धेरै कपडा बोक्नुपर्दैन ।

१२. ब्याग प्याक गरिरहनु भएको छ भने हल्का चीजहरुलाई तल र भारी आइटमहरुलाई माथि राख्नुहोस् । यसो गर्दा सामान धेरै अट्छ र ब्याग बोक्न पनि भारी जस्तो लाग्दैन ।

-आवश्यक सामाग्रीहरु सूची तयार गरी प्राथमिकताको आधारमा त्यसको व्यवस्था गरौं ।

-सकेसम्म झोला-झाम्टा थोरै बोकौं । अनावश्यक भारी नबोकौं ।

-पैदल यात्रा हो भने, नयाँ होइन बरु आफुले प्रयोग गरिरहेको जुत्ता, लुगाफाटो सहज हुन्छ ।

-मेकअप किट, काइयो, हेयर आयल, क्रिम तथा दाह्री-जुँगा खौरने मेशिन, परफ्युम आदि सुरक्षित ढंगले बोकौं ।

-यात्राको क्रममा महंगा सामाग्री, घडी, गरगहना आदि प्रयोग नगरौं ।

-आफुलाई आवश्यक हुने औषधी एवं फस्र्ट एड किट बोकौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment