Comments Add Comment

मलेठ घटनाको छानबिन गर्न प्रदेश सरकारद्वारा मन्त्रीस्तरीय समिति गठन

७ साउन, सप्तरी । २०७३ फागुन २३ गते सप्तरीको मलेठमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन प्रदेश २ सरकारले गर्ने भएको छ ।

उक्त घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन यथार्थ नभएको भन्दै विरोध भइरहेका बेला प्रदेश सरकारले आफैं छानबिन गर्ने जनाएको छ ।

घटनाको छानबिनका लागि प्रदेश सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्री स्तरीय कमिटी गठन गरेको छ ।

समितिमा सामाजिक विकास मन्त्री नवलकिशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सदस्य छन् । सदस्य साहद्वय सप्तरीकै हुन् । छानविन समितिको सदस्यसचिवमा मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायधिवक्ता कृष्णप्रसाद बराललाई राखिएको छ ।

समितिले १५ तिन भित्र मलेठ घटनाको निष्पक्ष छानविन गरी मन्त्री परिषदमा प्रतिवेदन पेश गर्ने प्रदेश सरकारले जनाएको छ ।

तत्कालिन नेकपा एमालेले शुरु गरेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्दा तत्कालिन मधेसी मोर्चाले हुन नदिने जनाएको थियो ।

यद्यपी व्यापक सुरक्षाकर्मीकाबीच एमालेले कार्यक्रम सम्पन्न गरिसकेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

उक्त घट्नामा मलेठका संजन मेहता, विरेन्द्र महतो र पिताम्बर मण्डल, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो । घटना सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन गलत रहेको भन्दै राजपाले आन्दोलन शुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment