+
+

न्यूरोडबाट ५३ लाख नगदसहित पाँच जना हुण्डी कारोवारी समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १७:५४

७ साउन, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले ठूलो रकमसहित पाँच जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ ।

गैरकानुनी हुण्डी कारोवार गरेको सूचनाका आधारमा महाशाखाले काठमाठौंको न्यूरोड र कुलेश्वरका विभिन्न स्थानबाट सोमबार उनीहरूलार्इ पक्राउ गरेको  हो ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भइ काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने फलफूल व्यापारी ४५ वर्षे विजय गुप्ता, ललितपुरको महालक्ष्मी नगरपालिका-९ का २३ वर्षे दीपक श्रेष्ठ (सहकारीका कर्मचारी), चितवन खैरेनी नगरपालिका-१० शान्तिवजार घर भइ काठमाडौं महानगरपालिकाको बाफलमा बस्ने २९ वर्षे संजित पाण्डे रहेका छन् ।

यस्तै, भारत घर भइ काठमाडौंको चाहाचल बस्ने २९ वर्षे व्यापारी अंकित अग्रवाल र काठमाडौंको पुतली सडक बस्ने धनकुटाको महालक्ष्मी नगरपालिका-३ का पुजन छाला जिमीलार्इ पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।

उनीहरू पाँचजनाको साथबाट प्रहरीले ५३ लाख १९ हजार ६७५ रूपैयाँ नगद र २३ लाख १३ हजार चेक रकम बरामद गरेको छ ।

पक्राउ परेका सबैलार्इ प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने अपराध महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?