+
+
Shares

ललितपुर प्रहरीका ३ उत्कृष्ट अधिकृत पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १९:३५

७ साउन, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले ३ उत्कृष्ट प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा अपराध अनुसन्धान तथा कारबाहीतर्फ प्रहरी निरीक्षक खुमलाल भुसाल, सामाजिक सचेतनामूलक कार्यक्रमतर्फ चन्चला श्रेष्ठ र प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापनतर्फ प्रहरी सहायक निरीक्षक मिनबहादुर तामाङ छन् ।

महानगरीय प्रहरी परिसर ललितपुर र सिटिजन्स बैंक ईन्टरनेशनल, काठमाडौंको सहकार्यमा परिसरमा कार्यरत् प्रहरी कर्मचारीहरुलाई अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने उद्देश्यले पुरस्कृत गर्न थालिएको परिसरका एसपी शेखर खनालले बताए ।

उत्कृष्ट कार्य गर्ने अधिकारीलाई प्रोत्साहन स्वरुप ३ विधामा नगद २०/२० हजार रुपैयाँसहित हरेक महिना पुरस्कृत गर्ने योजना अनुरुप यो महिनादेखि पुरस्कार वितरण गर्न थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?