+
+
Shares

सुनका गहना चोरेको अभियोगमा दुर्इ जना पक्राउ, किन्ने पनि समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते २०:३९

७ साउन, काठमाडौं । प्रहरीले सुनका गहनामा चोरीमा संलग्न दुर्इ व्यक्तिसहित चोरीका गहना खरिद गर्ने तीन व्यक्ति गरी ५ जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बसन्तपुर बस्दै अाएका सर्लाहीका २२ वर्षीय आयुष कार्की, बसन्तपुर बस्ने लमजुङका २८ वर्षीय बिष्णु गुरुङ, काठमाडौं चावहिल बस्दै अाएका भारत कलकत्ताका ३४ वर्षीय सुनिल राउत, २२ वर्षीय खेकन मतालिक र २७ वर्षीय मनोरञ्जन मण्डल छन् ।

कार्की र गुरुङलाई काठमाडौं प्रहरी परिसरले चोरीको अभियोगमा पक्राउ गरेको हो भने राउत, मतालिक र मण्डललाई चोरीका सामान खरिद गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

राउत र मतालिकसँग किलागलस्थित सुन पसलका संचालक मण्डलले सुन खरिद गरेको प्रहरीको भनाइ छ । मण्डलको साथबाट ४ तोला ८३ लालको सुनको ढिक्का, चाँदी ११ तोला ३३ लाल र नगद १ लाख ६७ हजार रुपैयाँ बरामद भएको जनाइएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकी स्युचाटारबाट साउन ४ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त उक्त बिबरण खुल्न आएको बुझिएको छ ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?