Comments Add Comment

प्रदेश २ का तीन राज्यमन्त्रीले सपथ लिए

९ साउन, जनकपुरधाम। प्रदेश २ सरकारका थपिएका ३ राज्यमन्त्रीले बुधबार सपथ लिएका छन् । राष्ट्रिय जनता पार्टीका तर्फबाट सिफारिस भएका ३ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराएका हुन् ।

बुधबार सुरेश मण्डलले उद्योग, पर्यटन, वन तथा वातावरण, डिप्पलकुमारी झाले भौतिक पूर्वाधार र अभिराम शर्माले सामाजिक विकास राज्य मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

झाले हिन्दीमा र बाँकी २ जनाले मैथिली भाषामा सपथ लिएका छन् । यो सँगै प्रदेश २ सरकारले पूर्णता पाएको छ । सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पनि उपस्थित थिए । तीनै जना राज्यमन्त्रीले बुधबार नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

सपथ समारोहमा नवनियुक्त राज्यमन्त्रीलाई शुभकामना दिनेहरुको भीड लागेको थियो ।

झुठो मुद्दामा फसाउन खोजियो : राज्यमन्त्री शर्मा

सामाजिक विकास राज्यमन्त्री शर्माले राज्यले आफूलाई निराधार झुठो मुद्दा लगाएर फसाउन खोजेको प्रतिक्रिया दिएका छन् ।

मधेस आन्दोलनमा प्रहरी थमन विकलाई एम्बुलेन्सबाट झिकेर हत्या गरेको घटनाका फरार अभियुक्त रहेका शर्माले राजनीतिक विषयलाई आपराधिक मुद्दा बनाएर जबर्जस्ती फसाउन खोजेको बताए । उनले मधेसको जनताले दिएको म्यान्डेट अनुसार आफूले काम गर्ने  पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment