+

बार्सिलोनामा राम्रो खेल देखाउन उत्सुक छु-भिडाल

२०७५ साउन  २१ गते १७:३९ २०७५ साउन २१ गते १७:३९
बार्सिलोनामा राम्रो खेल देखाउन उत्सुक छु-भिडाल

२१ साउन, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर आर्टुरो भिडाल स्पेनिस क्लब बार्सिलोना आएका छन् । सोमबार मेडिकल पास गरेसँगै उनले बार्सिलोनामा तीन वर्षको सम्झौता गरेका हुन् ।

बार्सिलोनामा २६.७ मिलियन पाउण्डमा अनुबन्ध भएका उनले बार्सिलोनामा रहेर सबै उपाधि जित्ने इच्छा रहेको बताएका छन् । उनले बार्सिलोनामा खेल्न पाउनु एउटा सपना पूरा भएको बताए ।

‘म एकदमै खुसी छु । मलाई बार्सिलोनामा रहेर अभ्यास सुरु गर्ने हतारो भइसक्यो । बार्सिलोनाको जर्सी लगाएर राम्रो खेल देखाउन उत्सुक छु’ सोमबार अफिसियल पि्रजेन्टेसनपछि उनले भने ।

‘तीन वर्षको समयमा मैले सक्दो उपाधिहरु जितौँ भन्ने लागेको छ । मेस्सी, स्वारेज, बुस्केट्ससँग खेल्न पाउनु निकै खुसीको कुरा हो । उनीहरु सबै निकै राम्रा छन्’ भिडालले भने ।

चिलीका ३१ वर्षका भिडाल २०११ मा बायर लिभरकुसेनबाट युभेन्टस गएका थिए । त्यहाँबाट २०१५ मा बायर्न म्युनिख आएका उनी अहिले बार्सिलोना पुगेका हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय