काठमाडौं । गायिका तथा सञ्चारकर्मी भारती बस्यालको पहिलो तीज गीत सार्वजनिक भएको छ । ‘यसपालिको तिजैमा दिदि बहिनी मिलेर एकैदिन गरि दर खाने म त’ बोलको गीत बुढा सुब्बा म्युजिकमार्फत सार्वजनिक भएको छ ।
गीतको शब्द संगित तथा स्वर भारती बस्यालकै छ । भारतीले सन्देशमुलक गीतलाई बढी प्राथमिकतामा राखेको बताएकी छिन् ।
तिजमा हुने गरेको विकृतिले समाजमा नकारात्मक असर पर्ने भएको देखेर भारती आफैंले शब्द कोरेकी हुन् । गीतको अरेन्ज कुसल सिंहको छ भने रेकर्डिङ अकस्टिक नेपालमा रेकडिस्ट बाबु राजाले गरिएका हुन् ।
छायांकन जनक राज पराजुली, नित्य निर्देशन अमन राना र निर्देशन भारती बस्यालले गरेकी छिन् । भिडियो सम्पादन गोविन्द स्मितले गरेका छन् ।
आशा ठकुरी, जस्मिन फुयाल, ज्योति ठकुरी दिपा पाठक, बोना कोईरालासँगै भारतीको पनि अभिनय पनि गीतमा देख्न पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4