Comments Add Comment

प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न ९५ सामुदायिक विद्यालयलाई अनुमति

२८ साउन, काठमाडौं । सरकारले थप ९५ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को सोमबार बसेको बैठकले ९५ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न अनुमति दिएको हो । प्रविणता प्रमाण पत्रसम्मको अध्ययन हुने गरी प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्न थप ९५ वटा सामुदायिक विद्यालयलाई पनि अनुमति दिने निर्णय गरिएको सीटीईघीटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए ।

सरकारले यसअघि २ सय १७ वटा सामूदायिक विद्यालयलाई प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने अनुमति दिइसकेको छ ।

८ वटा आंगिक बहुप्राविधिक शिक्षालयलाई पनि पूर्वाधारको विकास गरी कार्यक्रम विस्तार गर्न अनुमति दिइएको वाग्लेले बताए ।

सीटीईभीटीले साझेदार संस्थाहरुलाई पशुविज्ञान तर्फको ३ वर्षे डिप्लोमा कार्यक्रम संचालन गर्न पनि अनुमति दिएको छ । त्यसैगरी सीटीईभीटीले ओखलढुंगा सामुदायिक अस्पतालमा ३ वर्षे नर्सिङ कोर्ष संचालन गर्न आवश्यक पूर्वाधार निरीक्षण गर्न कार्य दल पनि गठन गरेको छ । कार्य दलले निरीक्षण गरेपछि अस्पतालमा ३ वर्षे डिप्लोमा नर्सिङ कोर्ष संचालन हुने सीटीईभीटीका सदस्य सचिव वाग्लेले जानकारी दिए ।

सीटीईभीटीले २ वर्ष भित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने प्रधानमन्त्री केपी ओलीको घोषणा अनुसार तयारीको कामलाई तीव्रता दिएको बताएको छ । सदस्य सचिव वाग्लेले सबै प्रदेशमा आवश्यक्ता अनुसार प्राविधिक शिक्षा कार्यक्रम संचालन गर्ने तयारीको कामलाई पनि अघि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment