२९ साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपालीलाई पासपोर्ट दिनेबारे सरकारले कुनै सोच नबनाएको बताएका छन् ।
राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसदमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई राहदानी दिनेबारे सरकारले कुनै सोच नबनाएको बताएका हुन् ।
यो विधेयकले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको नागरिरकता पाउने सुनिश्चितता गरेको छ । नागरिकता दिएपछि राहदानी के गर्ने भन्ने बहस सुरु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘पहिला नागरिकता ऐन पास होस्, त्यसपछि छलफल गरौंला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4