Comments Add Comment

प्राध्यापक झालाई चिनियाँ सरकारबाट सियान फ्रेण्डसिप अवार्ड

३० साउन, काठमाडौं । चीनको सियान सरकारले नेपाली प्राध्यापक डा. राजिबकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ ।

चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्धारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा.डा.झासहित विभिन्न ९ देशका १० जना विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।

उक्त पुरस्कार प्राप्त गर्नेमा नेपालका झासहित जर्मनी, मलेसिया, क्यानाडा, ब्राजिल, अमेरिका, जापान, यमन र क्रोएसियाका १० प्रतिभाशाली व्यक्तित्व रहेका छन् । जापानबाट दुई जना विशेषज्ञ परेका छन् ।

उक्त पुरस्कार ५० हजार आरएमबी (चिनियाँ रकम) राशीसहितको छ । सन् २००९ देखि प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कार प्राप्त गर्ने डा.झा पहिलो नेपाली हुन् ।

सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पुर्‍याउने विभिन्न क्षेत्रका प्रतिभाशाली विदेशी व्यक्तित्वलाई सियान सरकारले यो पुरस्कार प्रदान गर्ने गर्दछ ।

सियानमा रहेका करिब १० हजार प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तित्वहरुमध्येबाट सन् २०१८ का लागि १० जना छनोट गरिएको बताइएको प्राध्यापक झाले जानकारी दिए ।

पित्तथैलीको क्यान्सरको प्रकोप कमगर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधी र त्यसपछि विद्या बाचस्पति -पोस्ट डक) पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल प|mेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्ऽमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान पनि हुने गरेको छ । प्राध्यापक झा करिब २२ वर्षदेखि चीन बस्दै आएका छन् ।

प्रा.डा. झा हाल चीनका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि हुन् । चीनको सान्सी प्रान्तले प्राध्यापक झालाई चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महिना अघि नागरिक दूत नियुक्त गरेको थियो ।

गतवर्ष झालाई सियान प्रान्तले नै चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा पनि नियुक्त गरेको झाले जानकारी दिए ।

आगामी नोेभेम्बरको अन्तिम साता विशेष समारोहको आयोजना गरेर उक्त पुरस्कार वितवरण गरिने कार्यक्रम रहेको जानकारी सियान सरकारका प्रवक्ताले आफूलाई गराएको डा.झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment