+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पूर्वमन्त्री बने स्कुल व्यवस्थापन समिति अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३० गते १८:०७

३० साउन, सप्तरी । पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनिएका छन् । उनी आफ्नै नगरपालिकास्थित चन्द्र नमुना माविको अध्यक्ष बनेका हुन् ।

बुधबार भएको अभिभावक भेलामा उनलाई अध्यक्षमा चयन गरेको विद्यालयले जनाएको छ । अहिले राजपाका केन्द्रीय उपाध्यक्षसमेत रहेका यादव प्रतिनिधिसभाको निर्वाचनमा राजपाबाट सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धा गरे पनि कांग्रेसका टिएल चौधरीसँग पराजित भएका थिए ।

उनको नेतृत्वमा बनेको विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा अभिभावकका तर्फबाट सावित्रीदेवी यादव, कमलेश झा, श्यामदेवी रौनियार, अनिलप्रसाद सिंह, विमलादेवी यादव, मो. मोजिकर रहमानलाई चयन गरिएको विद्यालयका प्रधानाध्यापक गौरीशंकर चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?