Comments Add Comment

मोरङमा नेकपाको पद बाँडफाँटः अध्यक्ष पूर्वएमालेको भागमा, १८५ सदस्यीय समिति

३० साउन, विराटनगर । मोरङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पद बाँडफाँट टुंगिएको छ । केन्द्रमा पार्टी एकता भएको तीन महिनापछि मोरङ जिल्लाको नेतृत्वमा सहमति भएको हो ।

कार्यदलका सदस्य एवंम नेकपामा केन्द्रीय सदस्य गोपी आछामीका अनुसार अध्यक्ष पूर्वएमाले र सचिव पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै जिल्ला कमिटी १८५ सदस्यीय रहनेछ । कार्यदलको बैठकले पूर्वएमालेको तर्फबाट ११० र पूर्व माओवादी केन्द्रको तर्फबाट ७५ सदस्य गरी कुल १८५ सदस्यीय जिल्ला कमिटी बनाउने सहमति गरेको थियो ।

करिब ६० र ४० प्रतिशतका आधारमा पद बाँडफाँट र संख्या एकिन गरिएको हो । नेकपाका केन्द्रीय सदस्यहरु बिनोद ढकाल, कुलबहादुर साम्बा, महेश रेग्मी र गोपिबहादुर अछामी कार्यदलमा थिए ।

प्रदेश अन्तर्गत मोरङ जिल्ला बाहेका अन्य जिल्लाको नेतृत्वबारे भने सहमति जुट्न बाँकी रहेको छ ।

प्रदेश स्तरमा पार्टी एकताका लागि पूर्वएमालेका सचिव भीम आचार्य र शेरधन राई तथा पूर्वमाओवादी केन्द्रका सुरेन्द्रबहादुर कार्की र सावित्रीकुमार काफ्ले सम्मिलित कार्यदलले २०७ सदस्यीय प्रदेश कमिटी रहने गरी सहमति यसअघि नै जुटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment