Comments Add Comment

रणवीर–दिपिकाको बिहेमा मोबाइल निषेध !

बलिउडका रियल कपल दिपिका पादुकोण र रणवीर सिंहले आगामी २० नोभेम्बरमा बिहे गर्दैछन् । उनीहरुको बिहे इटलीको ‘लेक कोमो’ हुने तय भइसकेको छ । यो बिहेमा मिडियालाई भने पहुँच दिइनेछैन । यति मात्र होइन, बिहेमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ । बिहेमा करिब ३० जनालाई मात्र डाकिनेछ ।

भारतीय मिडियाका अनुसार, ‘रणवीर र दिपिका चाहँदैनन् कि उनीहरुको बिहेको तस्वीर अरु आफन्तले सामाजिक सञ्जालमा हालिदिउन् । उनीहरु आफ्नै एकाउन्टबाट मात्रै फोटो सार्वजनिक गर्न चाहन्छन् ।’

यसअघि बिराट कोहली र अनुश्का शर्मा तथा सोनम कपुर र आनन्द आहुजाको बिहेको तस्वीरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति बनेका थिए । आफूहरुको पनि यस्तै होस भन्ने रणवीर र दिपिकाले चाहेका छैनन् । तर, बिहेमा आएका पाहुनालाई मोबाइल बोक्नै नदिने उनीहरुको रणनीति सफल होला भन्ने चाहिँ ठोकुवा गर्न सकिँदैन । व्यवहारिक रुपमा यसो गर्न निकै कठिन हुनेछ ।

यतिबेला दुवै पक्षको परिवार बिहेको तयारीमा जुटिसकेका छन् । इटलीमा बिहे गरेपछि मुम्बईमा फर्केर ग्रान्ड पार्टी दिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment