+

वृद्धवृद्धालाई स्वास्थ्य समस्याबाट बचाउन लगाउन सकिन्छ यी खोप

२०८२ वैशाख  ३१ गते १०:५५ २०८२ वैशाख ३१ गते १०:५५
वृद्धवृद्धालाई स्वास्थ्य समस्याबाट बचाउन लगाउन सकिन्छ यी खोप

कुनैपनि रोगबाट पूर्णरूपमा बच्न सम्भव छैन, तर केही खोपहरू छन्, जसले केही हदसम्म रोग र सङ्क्रमणबाट बच्न मद्दत गर्न सक्छन् । उमेर बढ्दै जाँदा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदै जान्छ, साथै केही रोगहरूको जोखिम बढ्दै जान्छ । यी रोगहरूको बारेमा जानकारी र समयमै व्यवस्थापन,  स्वस्थ वृद्धावस्थाका लागि आवश्यक हुन्छ ।

वृद्धवृद्धाको रोग प्रतिरोधी क्षमता धेरै कमजोर हुने भएकाले गर्दा बिरामी हुने र सङ्क्रमणको शिकार हुने दुवै जोखिम बढ्छ । यसबाट बच्नका लागि, केही खोप लगाउनु उपयोगी हुन्छ ।

खोप लगाउनुअघि ध्यान दिनुपर्ने कुरा

बालबालिका जस्तै वृद्ध वृद्धाहरूका लागि रोगबाट बच्न खोप लगाउनु महत्त्वपूर्ण हुन्छ ।  त्यसकारण, कहिले र कुन खोप लगाउने भन्ने कुरा पनि ध्यानमा राख्नुपर्छ ।  खोप लगाउँदा धेरै कुराहरू ध्यानमा राख्नुपर्छ, जस्तै व्यक्ति फिट हुनुपर्छ । साथै  ज्वरो, उच्च मधुमेह वा उच्च रक्तचाप जस्ता समस्या हुनुहुँदैन ।

वृद्धवृद्धाका लागि इन्फ्लुएन्जा खोप

इन्फ्लुएन्जा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित एक संक्रामक रोग हो, जसको प्रारम्भिक लक्षणहरू चिसो, खोकी र हल्का ज्वरो आदि हुन् ।  इन्फ्लुएन्जा भाइरस हाम्रो शरीरमा धेरै तरिकाले प्रवेश गर्न सक्छ । जस्तै नाक, आँखा र मुख आदिबाट । यसबाहेक, यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा धेरै छिटो फैलिन थाल्छ ।

यो समस्याबाट पीडित व्यक्तिले खोकेपछि वा हाच्छिउँ गरेपछि अर्को व्यक्तिमा धेरै छिटो फैलिन्छ । बच्चाहरू यसको सम्पर्कमा धेरै चाँडै आउँछन् ।  त्यसैले, वृद्ध, वृद्धाहरूका लागि इन्फ्लुएन्जा खोप धेरै महत्त्वपूर्ण छ । यो खोप लगाउनाले इन्फ्लुएन्जा अर्थात् फ्लुबाट बच्न मद्दत गर्छ ।

जब यो भाइरस शरीरमा प्रवेश गर्छ, धेरै लक्षणहरू देखा पर्न सक्छन्, जस्तै थकान महसुस हुनु, कमजोरी हुनु, तनाव हुनु, चिसो लाग्नु, खोकी लाग्नु आदि । यसबाहेक, चिसोसँगै उच्च ज्वरो आउन सक्छ । प्राय वृद्ध अवस्थाका व्यक्तिमा श्वासप्रश्वासको समस्या देखिन्छ । उनीहरूका लागि इन्फ्लुएन्जा खोप उपयोगी हुन्छ ।

निमोनिया खोप

वृद्धवृद्धामा निमोनियाले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ, जस्तै रगत संक्रमण (सेप्सिस), फोक्सोको संक्रमण वा मस्तिष्क सुन्निने जस्ता समस्या निम्तिन सक्छ । यस्तोमा निमोनियाको जोखिमबाट बच्न निमोनियाको खोप लगाउनुपर्छ ।  निमोनिया खोप दुई प्रकारका हुन्छन् – न्युमोकोकल कन्जुगेट खोप र न्युमोकोकल पोलिस्याकराइड खोप ।

निमोनियाबाट हुने समस्याबाट सुरक्षा पाउनका लागि वृद्धवृद्धाले दुवै खोप लगाउनुपर्छ ।  यो खोप ६५ वर्ष र सोभन्दा माथिका व्यक्तिहरूले लगाउन सक्छन् ।

टाइफाइडविरुद्धको खोप

टाइफाइडले सबै उमेर समूहलाई प्रभावित पार्ने गर्छ । त्यसैले यो खोप २ वर्षको उमेरपछि जुनसुकै बेला पनि लगाउन सकिन्छ । टाइफाइडको खोप दुई प्रकारको हुन्छ । पहिलो टाइफाइड कन्जुगेट खोप अर्थात् सुईको माध्यमबाट दिइन्छ र दोस्रो टिवाई २१ ए अर्थात् मौखिक खोपको रूपमा दिइन्छ ।

टाइफाइड एक संक्रामाक रोग हो, जो कलेजोको कमजोरीले निम्त्याउँछ । टाइफाइडको कारण शरीरमा ज्वरो आउँछ र शरीरका सबै भागमा पीडा हुन थाल्छ । यदि समयमै उपचार गर्न सकिएन भने यसले ज्यानै लिन सक्छ । त्यसैले यसबाट बच्न खोप लगाउनु राम्रो हुन्छ ।

हेपाटाइटिस बी

हेपाटाइटिस बी भाइरसको कारणले हुने कलेजोको सङ्क्रमणको एक प्रकार हो । यो रगत र शरीरको तरल पदार्थमार्फत फैलिन्छ । गम्भीर हेपाटाइटिसका लक्षणहरूमा अत्याधिक थकान, भोक नलाग्ने, बान्ता आउने, पखाला लाग्ने, छाला र आँखाको सेतो भाग पहेँलो हुने रहेका छन् ।

गम्भीर सङ्क्रमणका धेरैजसो केसहरू पूर्णरूपमा निको हुन्छन् ।  यद्यपि, केही व्यक्तिहरूमा भने कलेजोको सिरोसिस र कलेजोको क्यान्सर जस्ता गम्भीर कलेजो रोग लाग्न सक्छ । हेपाटाइटिस बी खोपले हेपाटाइटिस बी र कलेजोको क्यान्सर जस्ता जटिलताहरूलाई रोक्न सक्छ ।

टिटानस खोप (धनुष्टंकार विरुद्ध)

वृद्धवृद्धाहरूलाई दिइने खोपमा टिटानस खोप पनि धेरै महत्त्वपूर्ण हुन्छ ।  टिटानस खोप बच्चादेखि वृद्धवृद्धाहरूसम्म सबैका लागि आवश्यक हुन्छ । बढ्दो उमेरसँगै, वृद्ध वृद्धामा चोटपटकको समस्या पनि देखिन्छ, त्यसैले यस्तो अवस्थामा यो खोप उनीहरूका लागि उपयोगी हुन्छ

टिटानसका साथै अन्य रोगहरूबाट सुरक्षा प्रदान गर्ने चार प्रकारका टिटानस खोपहरू छन् ।  कुन प्रकारको खोप कसका लागि भनेर जान्नु पनि आवश्यक हुन्छ, किनभने कुन व्यक्तिलाई कुन खोप दिने भन्ने कुरा उसको उमेर र खोपको स्थितिमा निर्भर गर्दछ ।

डीटी

यो खोपले डिप्थेरिया र टिटानस क्रमशः भ्यागुते राेग र धनुष्टङ्कारविरुद्ध सुरक्षा प्रदान गर्छ । शिशु र साना बच्चाहरूमा यसको प्रयोग गरिन्छ ।

टिडीएपी खोप

यो ठूला बच्चाहरू र वयस्कहरूलाई दिइन्छ । यसले डिप्थेरिया (भ्यागुते राेग), धनुष्टङ्कार र लहरे खोकीबाट बचाउँछ । यो खोपले टिटानस, डिप्थेरिया र परट्युसिस विरुद्ध सुरक्षा प्रदान गर्दछ । सामान्यतया वयस्कहरू, विशेष गरी गर्भवती महिलाहरूका लागि बूस्टर डोजको रूपमा प्रयोग गरिन्छ।

टीडी खोप

यो ठूला बच्चाहरू र वयस्कहरूलाई दिइने बुस्टर सट हो जसले डिप्थेरिया (भ्यागुते राेग) र धनुष्टङ्कारबाट बचाउँछ ।

एमएमआर खोप

एमएमआर खोप तीन खोपहरूको संयोजन हो । जुन दादुरा, हाँडेराेग र रुबेलालाई रोक्न प्रयोग गरिन्छ । यी तीन रोगका कारण बिरामीमा धेरै गम्भीर लक्षणहरू देख्न सकिन्छ।  दुर्लभ अवस्थामा, मृत्यु पनि हुन सक्छ ।

यो खोपले संक्रमण रोक्नका लागि सूक्ष्म जीवविरुद्ध प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्छ । यो खोपका केही साइड इफेक्टहरू पनि हुन सक्छन्, जस्तै शरीरमा रातोपन, दुखाइ र सुन्निने आदि । यद्यपि, यी अस्थायी लक्षणहरू हुन्, जुन केही समयसम्म रहन्छन् । त्यसैले, डाक्टरको निर्देशनलाई ध्यानपूर्वक पालना गरेर मात्र खोप लगाउनु पर्छ ।

एमएमआर खोप डाक्टरले तोके बमोजिम मात्र लिनुपर्छ ।  सामान्यतया, एमएमआर खोपलाई खोपको लागि सुरक्षित मानिन्छ । जसको साइड इफेक्ट धेरै कम हुन्छ ।

वृद्धवृद्धा खोप
लेखक
डा.सरस्वती भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वृद्धवृद्धालाई स्वास्थ्य समस्याबाट बचाउन लगाउन सकिन्छ यी खोप

वृद्धवृद्धालाई स्वास्थ्य समस्याबाट बचाउन लगाउन सकिन्छ यी खोप

खासमा किन लाग्छ हामीलाई चिन्ता ?

खासमा किन लाग्छ हामीलाई चिन्ता ?

हाम्रो पेट र मस्तिष्कबीच के छ सम्बन्ध ?

हाम्रो पेट र मस्तिष्कबीच के छ सम्बन्ध ?

रक्सीले कसरी बिगार्छ कलेजोलाई ? महिलालाई बढी असर

रक्सीले कसरी बिगार्छ कलेजोलाई ? महिलालाई बढी असर

गर्भावस्थामा किन बढ्छ अमिलोको तिर्सना ?

गर्भावस्थामा किन बढ्छ अमिलोको तिर्सना ?

कपाल प्रत्यारोपण गराउन खोज्दा ३७ वर्षीय इन्जिनियरले ज्यानै गुमाए

कपाल प्रत्यारोपण गराउन खोज्दा ३७ वर्षीय इन्जिनियरले ज्यानै गुमाए