+

खासमा किन लाग्छ हामीलाई चिन्ता ?

२०८२ वैशाख  ३० गते २१:४२ २०८२ वैशाख ३० गते २१:४२
Shares
खासमा किन लाग्छ हामीलाई चिन्ता ?

सामान्यतया चिन्ता भन्नाले कुनै पनि विषय, घटना, परिस्थिति तथा अवस्थाप्रति लामो समयसम्म सोचमा रहिरहने डर मिश्रित आवस्था हो ।  यसलाई हामी अर्को अर्थमा कुनै कुरामा अड्किएको अथवा अल्झिएको अवस्था पनि भन्न सकिन्छ ।

जस्तै:- आफ्ना बिगतका अनुभवहरू, आफ्नो भविष्य, स्वास्थ, सामजिक, आर्थिक आवस्था अथवा कुनै पनि अनपेक्षित विषय ।

चिन्ता संवेगनात्मक भावना हो, जसले हाम्रो निर्णय क्षमता र व्यवहारलाई नियन्तण गर्दछ । तसर्थ चिन्ता छोटो समयका लागि अथवा कुनै विषय केन्द्रित छ भने त्यसले सकारात्मक प्रतिफल दिन सक्छ । उदाहरणका लागि कुनै कर्यक्रमको तयारी गर्दैछौँ, जीवनका विशेष अवसरहरू तथा निर्णयहरूको तयारी हुँदैछ भने यस्तो अवस्थामा चिन्ताले हाम्रो उत्पादकता बढाउन मद्दत गर्दछ ।

चिन्ताबारे भगवान गौतम बुद्धको एक भनाइ छ, ‘शरीर र मनको स्वास्थ्यको रहस्य यो होः न अतीतको शोक गर, न भविष्यको चिन्ता, न त समस्याको अघिल्लो अनुमान। केवल वर्तमान क्षणमा बुद्धिपूर्वक र इमानदारीपूर्वक बाँच।’

यसको मतलब-हामीले बितेका कुराको, भविष्यको र तत्काल केही समस्या आइहाल्छ कि भनेर चिन्ता गर्नुहुँदैन । अहिलेको अवस्था जे छ त्यसलाई राम्रो बनाएर बाँच्नुपर्छ ।

चिन्ता लामो समयसम्म यथावत रहेको अवस्थामा यसले हाम्रो दैनिक जीवन, शारीरिक तथा मनसिक स्वस्थ्यमा प्रतिकूल असर पार्न सक्छ । चिन्ताले मस्तिष्कको कार्यक्षमता कम गर्छ, जसले गर्दा निर्णय लिन, समस्याको समाधान गर्न वा कुनै काममा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ ।

दीर्घकालीन चिन्ताले स्मरण शक्तिमा कमी ल्याउँछ । चिन्ताले मस्तिष्कमा रक्तसञ्चार र अक्सिजनको प्रवाहमा असर गर्छ, जसले टाउको दुख्ने वा माइग्रेनको समस्या निम्त्याउँछ। हृदय र रक्तसञ्चार प्रणाली चिन्ताले हाम्रो हृदय प्रणालीमा तत्काल प्रभाव पार्छ ।

तनाव हर्मोनहरू जस्तैः कोर्टिसोल र एड्रिनालिनको उत्पादनले हृदयको गति र रक्तचाप बढाउँछ । चिन्ताको समयमा मुटु छिटो धड्किन्छ, जसले रक्तसञ्चारलाई तीव्र बनाउँछ ।

चिन्ताले पाचन प्रणालीमा ठूलो प्रभाव पार्छ । तनाव हर्मोनहरूले पाचन प्रक्रियालाई अवरुद्ध गर्छ, जसले विभिन्न समस्याहरू निम्त्याउँछ । चिन्ताले पेटमा ऐँठन वा दुखाइ उत्पन्न गर्छ, जुन सामान्यतया तनावसँग सम्बन्धित हुन्छ ।

दिर्घकालीन चिन्ताले हाम्रो मानसिक तथा भावनत्मक अवस्थामा प्रत्यक्ष्य प्रभाव पार्दछ । निरन्तर नकारात्मक सोच आउने, डर लाग्ने, त्रसित हुने, छटपटी हुने, ध्यान केन्द्रित गर्न तथा निर्णय लिन कठिन हुने, सजिलै निद्रा नपर्ने समस्याहरू देखिन सक्छन् ।

यी समस्याहरू लामो समयसम्मका लागि निरन्तर रहँदा एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरूको जोखिम बढ्न जान्छ।

कुनैपनि रोग लाग्नु भन्दा पहिले नै सतर्क रहनु राम्रो । जसका लागि हामी निम्न बचाउका उपायहरू अपनाउन सक्छौ
१. नियमित व्यायम
२. सन्तुलित खाना
३. निन्द्रामा ध्यान दिने
४.सहयोगी समूह निर्माण गर्ने
५.मनोपरामर्श लिने

तर, चिन्ता कम भन्दै धुम्रपान गर्ने, रक्सी, लागु औषधको सेवन गर्ने जस्ता नकारात्मक बाटोहरू अपनाउनु हुँदैन । आवश्यकता परेको खण्डमा मानसिक स्वास्थ्यकर्मीहरूको सहयोग लिन हिच्किचाउनु हुँदैन ।

चिन्ता मानसिक स्वास्थ्य
साधना थापा
लेखक
साधना थापा
साइकोथेरापिस्ट तथा एक्प्रेसिभ आर्ट्स थेरापिस्ट

थापा आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरकी प्रबन्ध निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

खासमा किन लाग्छ हामीलाई चिन्ता ?

खासमा किन लाग्छ हामीलाई चिन्ता ?

हाम्रो पेट र मस्तिष्कबीच के छ सम्बन्ध ?

हाम्रो पेट र मस्तिष्कबीच के छ सम्बन्ध ?

रक्सीले कसरी बिगार्छ कलेजोलाई ? महिलालाई बढी असर

रक्सीले कसरी बिगार्छ कलेजोलाई ? महिलालाई बढी असर

गर्भावस्थामा किन बढ्छ अमिलोको तिर्सना ?

गर्भावस्थामा किन बढ्छ अमिलोको तिर्सना ?

कपाल प्रत्यारोपण गराउन खोज्दा ३७ वर्षीय इन्जिनियरले ज्यानै गुमाए

कपाल प्रत्यारोपण गराउन खोज्दा ३७ वर्षीय इन्जिनियरले ज्यानै गुमाए

कतिपय कोठी क्यान्सर पनि हुनसक्छ

कतिपय कोठी क्यान्सर पनि हुनसक्छ