1. ताजा अपडेट
Comments Add Comment
Sbh
२०७५ भदौ १ गते २३:०२
Yes, you can. Tourist will like it if you can get rid of the plastic waste, the smell coming from the canal.What Pokhara need is, a proper sewer system. Do you know that The biggest Metro in Nepal, "Pokhara"do not have a sewer system, everything is either goes to Fewa lake, Seti River or surrounding rivers. FYI:Not everyone dump it to the river. Most people do have safety tank. Also Pokhara doesn't have traffic light and there is no "sign" for street or highway.

सेती खोँचलाई पर्यटकीय गन्तव्य बनाउने महानगरको योजना

पोलिटेक्निकल इन्स्टिच्युटको प्रक्रिया बढाइने

१ भदौ, पोखरा । पोखरा महानगरपालिकाले सेती खोँचलाई पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि सारेको छ । पोखरा महानगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले सेतीको खोँचलाई पर्यटकीय गन्तव्य बनाउने गरी सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।

‘सेती खोँचप्रति अहिले मान्छेको हेराई र सोचाई राम्रो छैन, सेती खोँच भन्नेबित्तिकै मान्छेले प्राण त्याग गर्ने थलोजस्तो सम्झन्छ,’ वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले भने, ‘सबैको चासो र आकर्षणको केन्द्र सेती खोचलाइृ पर्यटकीय गन्तव्य कसरी बनाउन सकिन्छ भनेर महानगरले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।’

सेती खोँचमा पर्यटक लैजान सकिन्छ कि सकिँदैन ? सकिन्छ भने के बनाउँदा कसरी लैजान सकिन्छ ? भनेर सम्भाव्यता अध्ययन गर्न लागिएको वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलले बताए । ‘फुटट्रयाक बनाउन सकिन्छ कि अरु कुनै माध्यमबाट सेती खोंचखोंचमा पर्यटकलाई पुर्‍याएर यसलाई ब्रान्डिङ गर्न सकिन्छ भन्ने कुरा अध्ययनले देखाउला’ पौडेलले भने, ‘तर, यो सेती खोचलाई यही अवस्थामा रहन दिनु हुँदैन, यसलाई देशविदेशमा ब्रान्डिङ गर्ने र आकर्षण केन्द्र बनाउने महानगरको योजना हो ।’

सेती खोचको महत्व जनतामा बुझाउने र यसको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली बनाएर छिट्टै काम अगाडि बढाइने मेयर जिसीले जानकारी दिए ।

महानगरपालिकाले पोखरा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गर्ने प्रक्रिया पनि अगाड बढाउने भएको छ ।

पोखरामा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गर्ने महानगरपालिकाले नीति तथा कार्यक्रम बनाएको थियो । शुक्रबारको बैठकले सीटीइभीटीसँगको समन्वयमा पोखरामा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गर्न जग्गा व्यवस्थापनसम्मको प्रक्रिया अगाडि बढाउने निर्णय गरको वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्यले जानकारी दिए ।

महानगरपालिकामा १३ वटा महाशाखा रहने भएका छन् । १३ महाशाखा रहने गरी निजामति कर्मचारी र स्थानीय तहमा नियुक्त कर्मचारीको संगठनात्मक ढाँचा केन्द्रीय सरकारलाई पठाउने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । ९ वटा महाशाखा बनाउन केन्द्रबाट आएको ढाँचामा थप गरी १३ महाशाखा र कर्मचारीको संगठनात्मक ढाँचा शुक्रबार नै सरकारमा पठाइएको १९ का वडाध्यक्ष पौडेलले जानकारी दिए ।

यस्तै वडा नम्बर १५ मा प्रदेशस्तरीय प्रहरी तालिम केन्द्र स्थापना हुने भएको छ । तालिम केन्द्रका लागि पोखरा महानगरपालिकाले जग्गा उपलब्ध गराउने भएको हो ।

धनबहादुर महानगरको प्रवक्ता

पोखरा महानगर कार्यपालिकाको बैठकले प्रवक्ता तोकेको छ । वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीलाई महानगरको प्रवक्ता बनाउने निर्णय कार्यपालिकाले गरेको हो ।

महानगरले गरेका कामदेखि यहाँको सम्पूर्ण सूचना सार्वजनिक गर्ने जिम्मेवारी अब प्रवक्ता नेपालीलाई दिइएको मेयर मानबहादुर जिसीले बताए । ‘जनप्रतिनिधि आएको लामो समयसम्म प्रवक्ता थिएनन्, त्यसले केही समस्या पनि थियो,’ मेयर जिसीले भने, ‘शुक्रबारको बैठकले प्रवक्ताका रुपमा नेपालीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment