४ भदौ, विराटनगर । विराटनगरका टंक भट्टराईको हत्यामा संलग्नको पहिचान गरी कारवाही गर्न माग राख्दै उनका आफन्त र स्थानीयले सोमबार विराटनगरमा प्रर्दशन गरेका छन् ।
भट्टराईको शव सडकमा राखी उनीहरुले प्रदर्शन गरेका हुन् । सडकमा शव राखी प्रदर्शन गरेका कारण विराटनगर इटहरी सडक खण्ड केहीबेर अवरुद्ध बनेको थियो ।
विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा आइतबार विहान भट्टराईको हत्या भएको थियो । उनी सोही हार्डवेयरमा सुरक्षा गार्डमा कार्यरत रहेका थिए ।
विराटनगर ४ का ५० वर्षीय भट्टराईको आँखामा गम्भीर चोट लागेका थियो भने शरीरका विभिन्न ठाउँमा पनि चोट देखिएका थियो । भट्टराईको शव हार्डवेयरको पसलको कोठामा फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4