+
+
Shares

कलंकीको अण्डरपास बन्द, फेरि बल्झियो ट्राफिक जाम

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते ४:३०

६ भदौ, काठमाडौं । नेपालमै पहिलो पटक सुरु भएको कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नवित्दै बन्द भएको छ । निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको हो ।

आज (बुधबार) बिहानदेखि अण्डरपास बन्द भएको ट्राफिक प्रहरी कार्यालय, कलंकीका प्रहरी निरीक्षक विमल थाले अनलाइनखबरलाई जानकारी दिए । ‘केही दिन परीक्षणका लागि सुरु गरिएको र निर्माण सम्पन्न गर्न केहीदिन बन्द गर्नु पर्ने भएको भन्दै हामीलाई जानकारी आएको थियो सोही अनुसार अण्डर पास बन्द गरिएको हो ।’ उनले भने ।

आयोजनाले एक सातापछि पुनः अण्डरपास सञ्चालन गर्ने जानकारी गराएको छ । अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुनः बल्झिएको छ । अण्डरपास बन्द भएसँगै सवारीसाधनहरु २५ मिनेट जाममा बस्न बाध्य भएको प्रहरी निरीक्षक थापाले बताए ।

चीन सरकारको सहयोगमा चक्रपथ सुधार परियोजना अन्र्तगत निर्मित कलंकी अण्डरपास यही भदौ एक गतेदेखि सुरु भएको थियो । साउन १ गतेदेखि नै सरु गर्ने गरी निर्माण भएको अण्डरपास अन्ततः भदौ १ गते बिहीबारदेखि सञ्चालनम आएको थियो ।

सन् २०१६ मा सुरु गरिएको अण्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटकपटक समय थप गरिएको थियो ।

यो अन्डरपास नेपालकै पहिलो हो । अण्डरपासको लम्बाई ८ सय मिटर रहेको छ । अन्डरपास सञ्चालन भएसँगै कलंकीको जाम हट्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?