+
+
Shares

बुरैदा गोल्डकप-२०१८ को उपाधि गन्तव्यलाई

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १३:२६

साउदी अरब / इस्लाम धर्मावलम्बीहरुको पर्व इदुल अदहाको अवसरमा बुरैदा नेपाली फुटबल क्लबले आयोजना गरेको ‘बुरैदा गोल्डकप-२०१८’ सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागी भएका ७ टिममध्ये गन्तव्य स्पोर्टिङ क्लवले उपाधि हात पारेको छ ।

फाइनल खेलमा नेपाली प्रवासी समाज हाइललाई ३-० ले पराजित गर्दै गन्तव्यले प्रतियोगिताको उपाधि जितेको हो । प्रवासी समाज उपविजेता बन्यो ।

प्रतियोगितामा बुरैदा नेपाली फुटबल क्लब टिम ‘ए’ र टिम ‘बी’, गन्तब्य स्पोर्टिङ क्लब टिम ‘ए’ र टिम ‘बी’, पान्डा फुटबल क्लबका टिम, नेपाली प्रवासी समाज हाइलका टिम, र तस्लिया टिम सहभागी थिए ।

अल कासिम क्षेत्रमा रहेका नेपालीलार्इ केही खेलकुदका माध्यबाट मनोरञ्जन दिने उदेश्यले आयोजना गरिएको प्रतियोगिता अल्मरार्इ कम्पनीका सुमन दाहालको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष योगेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?