७ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छानबिन समिति गठन गर्ने तयारी गरिएको बताएका छन् ।
बिहीबार प्रदेश नं. ७ का सांसद् लगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले छानबिन समिति गठन गर्ने सरकारको तयारी रहेको बताएका हुन् ।
बिहीबारै त्यसबारे निर्णय सार्वजनिक हुने थापाको भनाइरहेको थियो ।
उनीहरुले बुझाएको ज्ञापन पत्रमा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै जनताको शान्तिपूर्ण आन्दोलनमा भइरहेको प्रशासनिक हस्पक्षेप रोक्न समेत आग्रह गरिएको छ ।
यो पनि पढ्नुस्
निर्मला पन्त हत्याबारे वास्तविकता लुकाइएको स्थानीयको अारोप
निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ
भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या
निर्मला हत्या प्रकरणः ३० बढीसँग सोधपुछ तर, भेटिएन अभियुक्त
निर्मला बलात्कार प्रकरणः कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया 4