Comments Add Comment

कञ्चनपुरमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागेर ४ जना घाइते

प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्ति ।

७ भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।

प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन्।

घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपार्दै टायर बालेर सवारी आवगमन समेत ठप्प पारेका छन् ।

यो पनि पढ्नुस् 

निर्मला पन्त हत्याबारे वास्तविकता लुकाइएको स्थानीयको अारोप

निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ

भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या

निर्मला हत्या प्रकरणः ३० बढीसँग सोधपुछ तर, भेटिएन अभियुक्त

निर्मला बलात्कार प्रकरणः कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment