+
+
Shares

कांग्रेसको विधान संशोधन गर्न मस्यौदा समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १६:१६

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

पार्टीलाई संघीय संरचनामा लैजान र संगठनात्मक पुनर्संरचना गर्नका लागि पार्टीको विधानमा संशोधन र परिमार्जन गर्नुपर्ने भनी केन्द्रीय समितिले निर्णय गरे अनुसार सभापति शेरबहादुर देउवाले मस्यौदा समिति गठन गरेका हुन् ।

समितिको सदस्यहरुमा केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना रहेका छन् । त्यस्तै नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक पनि समिति सदस्य रहेका छन् ।

समितिले पार्टी सभापतिसंग परामर्श गरी आफ्नो कार्यविधि आफै तयार गरी लागू गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिका संयोजकलाई आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अधिकार पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?