+
+
Shares

एनआईइसीको आयोजनामा क्यानडा एजुकेशन वर्कसप हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ६ गते २०:१७

७ भदाै,  काठमाडौं । नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी)को आयोजनामा क्यानडा जान चाहने नेपाली विद्यार्थीहरुको लागि एक दिने एजुकेशन फेयर हुने भएको छ ।

एनआइईसीले आफ्नो केन्द्रिय कार्यालय पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्सको चौथो तलामा भदौ ८ (२४ अगष्ट) मा एक दिने एजुकेशन फेयर गर्न लागेको हो ।

एनआईइसीका प्रबन्ध निर्देशक सपना राजभण्डारील क्यानडा जान चाहने विद्यार्थीहरुलाई त्यहाँको शिक्षा अवस्था र समग्र वस्तुस्थितको बारेमा जानकारी गराउनको लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।

विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआइइसीको शैक्षिक मेलामा क्यानडा जान चाहने विद्यार्थीहरुको लागि परामर्श दिन लागेको हो ।

प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार एजुकेशन फेयरमा क्यानडाको जीवनशैली, कानुनी प्रावधान, विश्वविद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार, फि स्ट्रक्चर, छात्रवृत्ति, विश्वविद्यालयमा उपलब्ध विषयको छनौट, शैक्षिक नीति, रहनसहन लगायतको विषयमा जानकारी दिए ।

‘क्यानडा जान चाहने विद्यार्थीहरुले त्यहाँको बारेमा धेरै कुराहरु बुझेर जादा राम्रो हुन्छ’, राजभण्डारीले भनिन् ,‘क्यानडा विद्यार्थीहरुको लागि किन लोकप्रिय छ, विद्यार्थीहरुले कति समय पढन सक्छन, कति समय काम गर्न पाउछन भन्ने विषयमा स्पष्ट पार्नको लागि कार्यक्रमको आयोजना गरिएको हो ।’

क्यानडामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि लाग्ने खर्चदेखि सबै वस्तुस्थितको बारेमा जानकारी दिने उदेश्य एजुकेश फेयरले लिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?