+
+
Shares

सहायक प्रशिक्षकमा श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते २१:३०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठलाई नियुक्त गरेको छ ।

यसअघिका सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएपछि उक्त स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको प्रवक्ता किरण राईले जानकारी दिए ।

पोखराबाट फुटबलमा करियर शुरु गरेका श्रेष्ठले लिग तथा राष्ट्रिय प्रतियोगितामा ललितपुरको ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबबाट २०५६ देखि २०६१ सम्म खेलेका थिए ।

‘ए’ डिभिजन क्लब बौद्ध, हिमालयन शेर्पा र सुदूरपश्चिम ११ को पनि श्रेष्ठले कप्तानी सम्हालिसकेका छन् । उनी एसियाली फुटबल परिषद् (एएफसी)बाट ‘ए’ लेभल मान्यताप्राप्त प्रशिक्षक हुन् । श्रेष्ठले यही भदौ १९ गतेदेखि हुने साफ च्याम्पियनसीप प्रतियोगिताको टोली चयन गर्नुका साथै प्रशिक्षणमा कार्यवहाक प्रशिक्षक महर्जनलाई सघाउनेछन् ।

एन्फाले राष्ट्रिय टोकलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई बुधबारै कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिइसकेको छ ।

Results

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?