+
+
Shares

महिला हिंसा रोक्ने संसद र सरकारको साझा संकल्प

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते १८:२०


८ भदौ, काठमाडौं । प्रतिनिधिसभा र सरकारले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना रोक्ने प्रतिवद्धता जनाएको छ । शुक्रबार महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्पप्रस्तावमाथि लामो छलफलपछि संसदले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

महिला हिंसाविरुद्धको घटना घट्ने भन्दा पनि बढ्ने क्रममा रहेको भन्दै विभिन्न राजनीतिक दलका २२ सांसदले सरकारलाई ३ निर्देशन दिँदै संकल्प प्रस्ताव पारित गरेको हो ।

संसदले महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति तथा सामाजिक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै संविधान र कानुनले महिलालाई दिएका हक अधिकारका विषयमा देशब्यापी रुपमा जनचेतनामूलक कार्यक्रम चलाउन र त्रुटीपूर्ण सामाजिक मूल्य मान्यता, अन्धविश्वासविरुद्धका कानुनी व्यवस्थालाई पाठ्यक्रममा समावेश गर्न पनि संसदले निर्देशन दिएको छ । संसदले संकल्प प्रस्ताव मार्फत सरकारलाई निर्देशन दिएको छ ।

संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले महिला हिंसा रोक्न बलात्कारको कसूरमा मृत्युदण्डसम्मको सजाय राख्नुपर्ने धारणा राखेका थिए ।

संसदको छलफलपछि जवाफ दिने क्रममा महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिला हिंसा रोक्न सरकार प्रतिवद्ध रहेको बताइन् । उनले संसदले संकल्पप्रस्तावमार्फत दिएको निर्देशनअनुसारको काम गर्ने प्रतिवद्धतासमेत जनाइन् ।

महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, हिंसा पीडितलाई क्षतिपूर्ति र सामाजिक परिपूरणको व्यवस्था मिलाउने उनले प्रतिवद्धता जनाइन् । संघ, प्रदेश र स्थानीय तहका सरकार र सबै सरकारी संयन्त्रको सहभागितामा नोभेम्बर २५ मा महिला हिंसा विरुद्ध १६ दिने अभियानमा सचेतनामूलक कार्यक्रम गर्ने पनि सरकारको प्रतिवद्धता छ ।

मन्त्री थापाले त्रुटीपूर्ण समाजिक मूल्य मान्यता प्रथा अन्धविश्वासविरुद्धको कानूनी व्यवस्थालाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरेर पठन पाठनको व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाएकी छन् ।

उनले पर्याप्त कानूनी व्यवस्था भए पनि नेपाली समाजमा लामो समयदेखिको सामन्तवादी संस्कारका कारण महिलाहरुले न्याय पाउन नसकेको बताएकी छन् । ‘नेपाली समाज लामो समयदेखि सामन्तवादी संस्कारको चिन्तन अवशेष बाँकी रहेको छ ।अस्थिरताका कारण अराजकता विकृति विसंगतिको शिकार बालबालिका महिला अपांग भइरहेका छन्’ उनले भनिन् ‘लामो समयदेखिको सामन्तवादी संस्कारका कारण महिलाहरुले न्याय पाउन सकेका छैनन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?