+
+
Shares

महिला हिंसा रोक्ने संसद र सरकारको साझा संकल्प

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते १८:२०


८ भदौ, काठमाडौं । प्रतिनिधिसभा र सरकारले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना रोक्ने प्रतिवद्धता जनाएको छ । शुक्रबार महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्पप्रस्तावमाथि लामो छलफलपछि संसदले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

महिला हिंसाविरुद्धको घटना घट्ने भन्दा पनि बढ्ने क्रममा रहेको भन्दै विभिन्न राजनीतिक दलका २२ सांसदले सरकारलाई ३ निर्देशन दिँदै संकल्प प्रस्ताव पारित गरेको हो ।

संसदले महिलामाथि हुने हिंसा, शोषण, विभेद गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न र पीडितहरुको उपचार, क्षतिपूर्ति तथा सामाजिक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै संविधान र कानुनले महिलालाई दिएका हक अधिकारका विषयमा देशब्यापी रुपमा जनचेतनामूलक कार्यक्रम चलाउन र त्रुटीपूर्ण सामाजिक मूल्य मान्यता, अन्धविश्वासविरुद्धका कानुनी व्यवस्थालाई पाठ्यक्रममा समावेश गर्न पनि संसदले निर्देशन दिएको छ । संसदले संकल्प प्रस्ताव मार्फत सरकारलाई निर्देशन दिएको छ ।

संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले महिला हिंसा रोक्न बलात्कारको कसूरमा मृत्युदण्डसम्मको सजाय राख्नुपर्ने धारणा राखेका थिए ।

संसदको छलफलपछि जवाफ दिने क्रममा महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिला हिंसा रोक्न सरकार प्रतिवद्ध रहेको बताइन् । उनले संसदले संकल्पप्रस्तावमार्फत दिएको निर्देशनअनुसारको काम गर्ने प्रतिवद्धतासमेत जनाइन् ।

महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, हिंसा पीडितलाई क्षतिपूर्ति र सामाजिक परिपूरणको व्यवस्था मिलाउने उनले प्रतिवद्धता जनाइन् । संघ, प्रदेश र स्थानीय तहका सरकार र सबै सरकारी संयन्त्रको सहभागितामा नोभेम्बर २५ मा महिला हिंसा विरुद्ध १६ दिने अभियानमा सचेतनामूलक कार्यक्रम गर्ने पनि सरकारको प्रतिवद्धता छ ।

मन्त्री थापाले त्रुटीपूर्ण समाजिक मूल्य मान्यता प्रथा अन्धविश्वासविरुद्धको कानूनी व्यवस्थालाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरेर पठन पाठनको व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाएकी छन् ।

उनले पर्याप्त कानूनी व्यवस्था भए पनि नेपाली समाजमा लामो समयदेखिको सामन्तवादी संस्कारका कारण महिलाहरुले न्याय पाउन नसकेको बताएकी छन् । ‘नेपाली समाज लामो समयदेखि सामन्तवादी संस्कारको चिन्तन अवशेष बाँकी रहेको छ ।अस्थिरताका कारण अराजकता विकृति विसंगतिको शिकार बालबालिका महिला अपांग भइरहेका छन्’ उनले भनिन् ‘लामो समयदेखिको सामन्तवादी संस्कारका कारण महिलाहरुले न्याय पाउन सकेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?