+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चीनसँग वार्ता गर्न दार्चुलाबाटनेपाली टोली तिब्बततर्फ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते १९:३१

८ भदौ, दार्चुला । झण्डै ६ वर्षपछि नेपाल-चीन द्विपक्षीय सीमा बैठक बस्दैछ । शनिबार बस्ने तिब्बत सीमा कार्यालयका अधिकारीसँग द्विपक्षीय बैठक बस्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।

यो बैठक २०६८ सालपछि पहिलो पटक बस्न लागेको हो । नेपाल-चीन द्विपक्षीय सीमा बैठकमा सहभागी हुन दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, जिल्ला प्रहरी प्रमुख डीएसपी नवराज अधिकारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मका डीएसपी भीमबहादुर चन्द, तिंकर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक धनबहादुर कठायतसहितको ४ सदस्यीय टोली बिहीबार तिब्बत प्रस्थान गरेको छ ।

नेपालतिर बाटो नहुँदा भारतबाट हेलिकप्टरको माध्यमबाट तिंकरसम्म पुग्ने र त्यहाँबाट पैदल यात्रा गरेर नेपाली टोली तिब्बत पुग्ने सशस्त्र प्रहरीले जनाएको छ । मौसम अनुकुल भए शुक्रबार तिब्बत पुग्ने योजना नेपाली टोलीको छ । सीमा बैठकमा दार्चुला, बझाङ र हुम्ला जिल्लाका प्रतिनिधिलाई बोलाइए पनि बझाङबाट भने प्रतिनिधित्व हुने छैन ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका अनुसार द्विपक्षीय वार्तामा सीमासम्बन्धी गतिविधिलगायतका विषयमा छलफल हुनेछ । लामो सयमदेखि नेपाली-चीन बीच सीमा बैठक नभएकाले सम्पर्क स्थापित गर्न, सीमा क्षेत्रमा हुने गतिविधिहरुका बारेमा छलफल हुनेछ । बैठकले त्रिदेशीय सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक गतिविधिहरु न्युनीकरण तथा सीमा क्षेत्रमा हुने अन्य समस्याहरु समेत समाधान हुने सीमा क्षेत्रका वासिन्दाको अपेक्षा छ ।

सीमा क्षेत्रमा ६ महिनामात्रै राज्यको उपस्थिति

नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा नेपालका तर्फबाट राज्यको उपस्थिति निकै कमजोर रहेको छ । सीमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म जिल्ला सदरमुकाम खलंगामा रहेको छ भने त्रिदेशीय सीमा क्षेत्रमा भने राज्यको उपस्थिति न्युन हुने गरेको छ ।

सीमा क्षेत्रमा नेपालका तर्फबाट ६ महिनासम्म राज्यको प्रतिनिधिको रुपमा प्रहरीमात्रै रहने गरेको छ । दार्चुलाको तिंकरमा ६ महिना प्रहरी चौकी बस्ने गरेको छ भने ६ महिना राप्लाको दुम्लिङ झर्ने गर्छ ।

सामरिक महत्व बोकेको सीमा क्षेत्रमा बाह्रैमास प्रभावकारी रुपमा कडा सुरक्षा हुनुपर्ने भए पनि दार्चुलाका तिंकरमा भने ६ महिनामात्रै राज्यको उपस्थिति हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?