Comments Add Comment

ग्यालेक्सी नोट-९ को बिक्री सुरु, यस्तो छ अफर

८ भदौ, काठमाडौं। इलेक्ट्रोनिक्सका आइटी र मोवाइल कम्युनिकेसन विभागका ग्लोवल अध्यक्ष तथा कार्यकारी अधिकृत डिजे कोहले आयोजना गरेको एक भव्य समारोहका विच सामसुङले आफ्नो अहिलेसम्मै सबैभन्दा शक्तिहाली नोट ग्यालेक्सी नोट-९ सार्वजनिक गरेको छ ।

मिडिया, आफ्ना साझेदार संस्था र ग्यालेक्सी-९ का प्रशसंकहरु सहभागी सो कार्यक्रममा पश्चिम एसियाली मुलुकहरुबाट छानिएका ९ जना सामसुङका निष्ठावान व्यक्तिहरुलाई कोहले नोट-९ को पहिलो लट प्रदान गरे । ग्यालेक्सी नोट-९ सामसुङको अध्याधुनिक प्रविधिको पछिल्लो श्रंखला हो ।

सम्पूर्ण हिसावले नयाँ यो ग्यालेक्सी-९ फोनले अधिक्तम कार्य सम्पादन गर्दछ । जस्तै यसमा व्लुटुथ सहितको नयाँ एस पेनको कनेक्टीभिटी राखिएको छ जसले तपाईलाई सेल्फी लिन, रिमोटको जस्तै प्रस्तुतीकरण गर्न सहयोग गर्दछ । यसको क्यामरा अहिलेसम्मकै इन्टिलिजेन्स क्यामराको रुपमा स्थापित छ । साथै, यसका सम्पूर्ण रुपले नयाँ डेक्स मोड राखिएको छ जसले तपाईलाई पिसिको जस्तै अनुभुति दिलाउँछ, खाली त्यका लागि एचडिएमआई केवलको आवश्यकता पर्दछ ।

‘सामसुङका दक्षिण पश्चिम एसिया क्षेत्रका ७०,००० कर्मचारीहरुको तर्फबाट ग्यालेक्सी नोट-९ प्रस्तुत गर्न पाउँदा आज मलाई निकै खुसी लागेको छ । यस क्षेत्रमा सामसुङ सन् १९९५ मा प्रवेश गरेको हो र हामीसँगै अगाडि बढिरहेका छौं र यो क्षेत्रमा हामी निकै प्रिय मोवाइल व्राण्ड वनेका छौ,’सामसुङ इलेक्ट्रोनिक्सका आइटी र मोवाइल कम्युनिकेसन विभागका ग्लोवल अध्यक्ष तथा कार्यकारी अधिकृत डिजे कोहले भने, नोटको प्रशंसक सामसुङप्रति एकदमै निष्ठावान छन् र उनीहरु के चाहान्छन् हामीलाई राम्रोसँग थाहा छ । ग्यालेक्सी -९ नै त्यस्तो फोन हो जुन उनीहरुको व्यस्त जीवनसँग मिल्लोजुल्दो छ ।’

यसमा रहेको ४,००० व्याट्री दिनभर कुरा गर्न, गेम खेल्न, विहानदेखि रातीसम्म फिल्म हेर्न पर्याप्त हुन्छ । दिनमा व्याट्री चार्च गर्नुपर्ने झन्झबाट मुक्ति हुन्छ ।

नेपालमा विक्री हुने ग्यालेक्सी नोट-९ मा आन्तरिक भण्डारण क्षमता १२८ जिवी रहेको छ । यसका साथै माइक्रोएसडी कार्ड यसमा ५१२ एमबी इन्सर्ट गर्न सक्ने क्षमता रहेको छ, यसको १ टिवी मा तपाईको आफ्नो मनपर्ने फोटो, भिडियो र एप्स राख्नका लागि पर्याप्त ठाउँ रहेको छ र तपाई एकदमै निर्धक्क भए हुन्छ । अर्थात, तपाईले आफूलाई आवश्यक पर्ने धेरै कुरा भण्डारण गर्न सक्नुहुन्छ, हटाउन आवश्यक छैन् ।

कम्पनीकाअनुसार यो एकदमै शक्तिशाली स्मार्ट फोन हो जसमा अग्रणी १० एनएम प्रोसेसर र नेटवर्कलाई अझ तिव्र वनाउने प्रविधी हुन्छ र जसमा वजारमा उपलब्ध भएको १.२ जिगावाइट्स छ जसले कुनै पनि कुरा डाउनलोड गर्नका लागि सहजीकरण गर्ने गर्दछ । यसमा उद्योगको उत्कृष्ट र सामसुङको कार्वन कुलिङ सिस्टम रहेको छ, जसले गर्दा अहिलेसम्मकै सबैभन्दा स्थीर काम गर्ने खालको छ ।

रिमोटजस्तै एस पेन

एस पेन नोटका विभिन्न श्रंखलाहरुको सिग्नेचर विशेषता हो र उपभोक्ताले यसलाई उनीहरुको पहिचान वनाईरहेको छ । स्मार्ट फोनले के गर्न सक्छ भन्ने धारणलाई सामसुङले निकै विस्तृत वनाएको छ । पहिला यो एउटा लेख्ने र कोर्ने औजरको रुपमा शुरु भयो र अहिले यो उनीहरुको हातमा वढी शक्ति र नियन्त्रण राख्ने वन्न पुगेको छ ।

न्यून उर्जाको व्लुटुथ सपोट भएको नयाँ एस पेनले वास्तवमा नै नयाँ ढंगले यसको प्रयोग गर्ने वाटोहरु देखाएको छ । अहिले एक क्लीकमा नै हामी सेल्फी लिन, सामूहिक तस्वीर दिन, हाम्रो प्रस्तुती गर्न, भिडियो खेल्न र भिडियो प्ले र पज गर्न सकिन्छ र अन्य धेरै काम गर्न सकिन्छ ।

यसले एउटा रिमोटकोजस्तै काम गर्न जसले तपाईको फोनलाई नियन्त्रण गर्न सहयोग गर्दछ । यस वर्षको अन्तिमसम्म यसका डेभलपरहरुले एस पेनको नयाँ, ब्लुटुथ लो इनर्जी बीएलई सर्पोट उनीहरुको एप्समा एकिकृत गर्नेछन् ।

कुनै पनि मान्छेलाई व्यवसायीक फोटो लिन गाह्रो पर्छ तर नोट ९ ले यसलाई सजिलो बनाइदिन्छ । सामसुङले यस उद्योगलाई नै नेतृत्व प्रदान गर्ने नयाँ क्षमता सहितको प्रविधीको विकास गरेको छ जसले पूर्णत सही तस्वीर खिच्न सकिन्छ ।

कम्पनी यो अहिलेसम्मकै उत्कृष्ट र स्मार्ट फोन भएको बताउँछ । यसले कुनै पनि फोटोको तत्वहरु जस्तो दृश्य र कुनै वस्तु पत्ता लगाउन इन्टिलिजेन्सको प्रयोग गर्ने गर्दछ र स्वचालिकत रुपमा नै २० वटा वर्गमा विभाजित गर्ने गर्दछ । यसले वोल्ड कलरका साथै अन्य विषयहरु समेत प्रत्याभुत गर्ने गर्दछ ।

यो फोनको प्रयोगकर्ताले नराम्रो फोटोहरुको बारेमा चिन्ता लिनु पदैन् किनभने केही गल्ती र कमजोरी भएमा त्यो पत्ता लगाउने प्रविधी जडान गरिएको छ जसले गर्दा कुनै गल्ती हुन गएमा अर्काे तस्वीर लिन सकिन्छ। फोटो राम्रो नआएमा त्यसको तुरुन्तै सूचना आउने गर्दछ र लेन्समा समस्या आएमा तथा पछाडीको लाइनको तस्वीरको गुणस्तरमा असर गरेमा त्यो पनि तत्काल पत्ता लाग्दछ ।

यो एकदमै एडभान्स इन्टिलिजेन्स विशेषत र पि्रमियम हार्डवर्यरको अद्धितिय समिश्रण हो । यो अहिले वजारमा रहेका मध्ये सबैभन्दा उत्कृष्ट क्यामरा भएको फोन हो । यसमा नचाहिँदो वस्तुहरुलाई कम गर्न सकिने एकदमै नविनत्तम प्रविधी रहेको छ ग्यालेक्सी एप्स- ९ मा रहेको क्यामरा वजारमा रहेको सबैभन्दा राम्रो र उपयुक्त हो। यसमा दुईवटा एपेरेचर लेन्स रहेको छ जसले मान्छेको आँखाले जस्र्तैे प्रकाशलाई समायोजन गर्न सक्छ । । कम प्रकाश भएको समयमा होस अथवा वढी प्रकाश भएको अवस्था होस, यसले एकदमै स्पष्ट र सफा फोटो खिच्ने गर्दछ । यसले ९६० एफपिएसको भिडियो खिच्न सक्ने सुविधा पनि दिएको छ ।

सामसुङको डिजाइनको सम्पदाको आधारशिला भनेको नै यसको अनन्त डिस्प्ले हो र सामसुङ नोट-९ को अहिलेसम्मको नोटमा प्रयोग भएको ऐज- टु-एज डिस्प्ले हो । द ६.५ इन्च क्युएचडी प्लस सुपर एमोलेड इन्फिनिटी डिस्प्लेले वास्तवमा नै तपाईलाई मल्टी मिडियाको अनुभव दिलाउँछ ।

यसको अनन्त डिस्प्लेलाई स्टीरियो स्पीकरले पुरित गरेको छ, जुन एकेजीका माध्यमले वज्ने गर्दछन् । मनोरन्जको लागि यसमा डबी एटम्स इम्पैेसिभ अडियो रहेको छ । अहिलेसम्म कुनै पनि मोवाइल भिडियो यति गुणस्तरीय र उत्कृष्ट देखिएको थिएन, जुन ग्यालेक्सी नोट-९ मा रहेको छ । ग्यालेक्सीको नोट युटवमा रहेको सिग्नेचर डिाभइस वास्तवमा नै उत्कृष्ट खालको युट्युवको अनुभूति दिलाउँछ ।

ग्यालेक्सी नोट-९ ले सामसुङ डेक्सँग पिसीको जस्तै अनुभूति दिलाउँछ । यसलाई उपभोक्ताले कुनै प्रस्तुती, फोटो सम्पादन र आफूलाई मन पर्ने कुनै शो ठूलो पर्दामा हेर्न सकिन्छ । फोनको कारणले नै यो सबै सम्भव भएको छ ।

तपाईले आफ्नो नोट-९ एचडिएमआई एडप्टर मार्फत फोनलाई टिभी र मोनिटरसँग जोडन सक्नुहुन्छ । जव मनिटरमा जोडिन्छ, यसले भर्चुअल डेस्कटपको निर्माण गर्दछ र यसले पूर्ण रुपमा काम गर्ने दोस्रो स्क्रीनको रुपमा समेत काम गर्ने छ । भिडियो हेरिरहेको समयमा एस पेनका माध्यमले नोटहरु वनाउन सकिन्छ । यसलाई ट्रयाक प्याडको रुपमा प्रयोग गर्न सकिन्छ, यसलाई राइट क्लिक, ड्रयाग र मोनिटरमा विभिन्न विनडोजको रुपमा प्रयोग गर्न सकिन्छ । यति धेरै उत्पादनशिल हुने विषय कहिले पनि सिजलो काम थिए ।

वास्तविक फ्लागसिपको मापक

सामसुङका पि्रमियम प्रविधीका मापदण्डहरु ग्यालेक्सी नोट-मा रहेका छन्ः तिव्र तार रहित चार्जिङ, आइपि ६८ को पानी र धुलो प्रतिरोधक छ , यसमा हाइवि्रड दुईवटा सिमत जसमा सामसुङ हेल्थ र सामसुङ पे रहेका छन् ।

यो विश्वासिलो, डिफेन्स ग्रेड नक्स सेक्युरिटी प्लेटर्फम, वायोमेटि्रक सेक्युरिटी प्लेर्फम, फिङगर पि्रन्ट स्याक्निङ, आइआरआईस स्क्यानिङ, अनुहार चिन्ने क्षमता र महत्वपूर्ण सूचनालाई सुरक्षित राख्न सक्ने विशेषताहरु रहेका छन् ।

उपलब्धता र अफरहरु

ग्यालेक्सी नोट-९ नेपाली वजारमा अगष्ट ३१ देखि नेपाली वजारमा उपलब्ध हुने छ । यसको मुल्य १ लाख ९ हजार, ९०० रहेको छ जसमा १२८ जिवी हुने छ । ग्यालेक्सी नोट-९ मिडनाइट कालो र मेटालिक कपर रंगमा उपलब्ध हुनेछ , साथै मिल्ने एस पेन पनि उपलब्ध गराइने छ । ओसियन निलो कलर चाहि पहँलो एस पेनसँग आउने छ ।

यो किन्दा एनसेलको १८००० एमवीको डाटा प्याक पाइन्छ । शिखर इन्स्योरेन्समा एक वर्षको टुटफुटको विमा सुविधा र सजिलो ईएमआईएस विभिन्न वैङकबाट प्राप्त हुनेछ ।

प्रि वुकिङको समयमा प्रयोगकर्तालाई एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरित्त र एचडिएमआई एडप्टर र एउटा २४ सामसुङ करर्भ मोनिटर प्रदान गरिने छ । प्रयोगकर्ताले अन्य धेरै फाइदा र गिफ्टहरु प्राप्त गर्ने छन् ।  टर्किस एयरलाइन्सको टिकटको इकोनोमी क्लासमा १० प्रतिशत र विजनेस क्लासमा १५ प्रतिशत डिसकाउन्ट दिइनेछ । नेपाली ४००० रुपियामा मा मारुनी स्याचुरी लजमा र ५००० मा वाटर फ्रन्ट रिसोर्टमा, वुद्धमाय गार्डेन अथवा होट पार्क भिलेजमा, डिनरको रकम ३००० वढी भएमा एक वोतल वाइन, र वोटिङको सुविधा पनि अफर गरिएको छ ।

एडिडास, लेभिस र रेवुकको नयाँ कपडामा १० प्रतिशत छुट, ४५०० को मेरिडियन फेसियल र लेट मि इनमा अन्य धेरै प्रकारका सेवा,  वयोदा अस्पतलामा पुरा शरीर जाँचमा १५ प्रतिशतसम्म छुट लगायतका अफर छन् ।

पहिला नै वुकिङ गर्नेहरुको विचमा लक्की ड्र गरिने छ । पहिलो हुनेलाई टर्किश एयरलाइन्सको आतेजाते टिकट उसले चाहेको गन्तव्यको प्राप्त गर्ने छन् भने अनर अपले हिमालय फ्रन्ट रिसोर्ट अथवा वाटर फ्रन्ट रिसोर्टलाई दुई दिन बस्ने पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment