+
+
Shares

सरकारले भन्यो- कञ्चनपुरको आन्दोलनमा घुसपैठ भयो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते २१:५७


८ भदौ, काठमाडौं । सरकारले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गरेको छ ।

आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मात्र एक बालकको मृत्यु भएको छ । सरकारले भने आन्दोलनमा घुसपैठ भएको दाबी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले सीडीओ र सुरक्षा अधिकारीको सुरुवा गर्नुका साथै अनुसन्धान समिति समेत बनाइसकेको अवस्थामा परिस्थितिलाई थप उत्तेजित बनाउन विभिन्न तत्वले घुसपैठ भएको बताएका हुन् ।

मानवीय संवेदनासँग जोडिएको घटनालाई लिएर परिस्थिति थप उत्तेजित बनाउने घुसपैठ गर्नेहरुबारे अनुसन्न्धान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको उनले बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले जघन्य अपराधका यस्ता सरकार गम्भीर रहेको भन्दै दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘परिस्थितिलाई अरु ढंगले उत्तेजक नबनाउन गरेको अनुरोध गर्छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?