1. ताजा अपडेट
Comments Add Comment
KOSH RAJ KAFLE
२०७५ भदौ १० गते १६:५९
HAHAH KATI HASNE SAMPANNA VAYO RE MA GAIGHAT MAE XU TA KHAE MAJALE MATO NI MILAKO XAENA TA
खडूनीधि संङ्ग्रौला, झापा हाल दमाम
२०७५ भदौ १० गते १०:२४
गोबर ग्याँस उद्घाटन गर्दा कैंचि लिदी मा खसेर हरायो - उद्घाटनका लागी केहि दिन पर्खन आग्रह

प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

 ९ भदौ, गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने असोजबाट सञ्चालनमा आउने भएको छ ।

बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष पशुपतिकुमारी चौधरीले बताए ।

आठ बिगाहा सोह्र कठ्ठा जग्गाको बृहत क्षेत्रफलको उक्त बसपार्कको टिकट काउण्टर हल, यात्रु प्रतिक्षालय, सार्वजानिक शौचालय निर्माण पूर्णरूपमा सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका सदस्य ज्ञानबहादुर राउतले बताए।

उक्त बसपार्क निर्माणको लागि शहरी विकास मन्त्रालय र त्रियुगा नगरपालिकाले गरी कूल रु एक करोड बजेटमा बसपार्क निर्माण सम्पन्न भएको समितिका अध्यक्ष चौधरीले बताए ।

यता १ नं प्रदेश सरकारले समेत बसपार्कको बाहिरी कम्पाउण्ड घेराबेराका लागि रु २० लाख बजेट बिनियोजन गरेको समितिका पदाधिकारी बताउँछन् ।

बरुवा बसपार्क हालको सुनसरी चतरा, गाईघाट, कटारी, हेटौंडा हुँदै राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गलाई ध्यानमा राखेर १ नं प्रदेशकै बृहत र सबैभन्दा ठूलो बसपार्क निर्माण गरिएको त्रियुगा नगपालिकाका मेयर बलदेव चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

66%

खुसी

2%

दुःखी

21%

अचम्मित

9%

उत्साहित

2%

आक्रोशित

ट्रेन्डिङ

Advertisment