११ भदौ, काठमाडौं । आगामी भदौ १४ गते बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान अढाई घण्टा नियमित उडान अवतरण रोकिने भएको छ । विहान ८ बजेदेखि साढे १० बजेसम्म विमानस्थलमा अति बिशिष्ष्ट व्यक्तित्व (भीभीआईपी) सवार विमानहरु उत्रनेछन् ।
बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधिको आगमनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गर्ने निर्णय भएको हो ।
सो समयमा सर्वसाधारणले विमानस्थलमा प्रवेश पाउने छैनन् । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले भीभीआईपीहरुको आगमन हुने भएकाले नियमित उडान रोक्न लागिएको जानकारी दिए ।
क्षेत्रीकाअनुसार १४ र १५ गते त्रिभुवन विमानस्थल २४ घण्टा नै खुला राखिनेछ । कुनैपनि उडान अवतरण प्रभावित नहोस् भने २४ घण्टा नै सेवा खुला गर्न लागिएको उनले बताए ।
अहिले दैनिक २१ घण्टासम्म विमानस्थल चल्छ । तर, १४ र १५ गते विमानस्थल २४ घण्टा नै खुला हुनेछ ।
प्रतिक्रिया 4