११ भदौ, पोखरा । आइतबारदेखि बेपत्ता पोखराकी एक किशोरी फेवातालमा मृत भेटिएकी छन् ।
आइतबार दिउँसो ४ बजेतिर घरबबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत भेटिएकी हुन् ।
छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत लामिछानेको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको थियो । राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी बेपत्ता भएको प्रहरीले बताएको छ ।
फेवा किनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले शव निकालेको हो । उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि प्रष्ट भइसकेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
उनी साथीको घर जान्छु भनेर घर निस्किएको परिवारका सदस्यहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4