Comments Add Comment

प्रदेश १ को नाम लिम्बुवान र किरात खम्बुवानः लिङ्देन

११ भदौ, विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मंञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश १ को नामाकरण लिम्बुवान र किरात खम्बुवान हुनुपर्ने बताएका छन् ।

विराटनगरमा सोमबार आयोजित लिम्वुवानको कोण सभालाई सम्बोधन गर्दै लिङदेनले पहिचान मेटाउने गरी कोशी, सगरमाथा लगायतका नाम राख्ने कार्य आफूहरुलाई कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका हुन् ।

‘प्रदेशको नाम यहाँको सांस्कृतिक पहिचानको आधारमा राखिनु पर्छ कुनै पनि हालतमा हाम्रो पहिचानलाई नामेट गर्ने कार्य भए त्यो हामी लिम्वुवानवासीलाई स्वीकार्य हुने छैन ।’ उनले भने ।

कोणसभाअघि प्रदेश १ को नाम लिम्बुवान प्रदेश राख्नुपर्ने माग गर्दै समर्थकहरुले विराटनगरमा प्रदर्शन गरेका थिए् । विभिन्न जिल्लाबाट आएका उनीहरुले नारा जुलुस गर्दै प्रदेश १ सभा सचिवालय अगाडि प्रदर्शन गरेका थिए ।

लिम्बुवान समर्थकहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रदेश एकको नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र कर्मचारीले समेत नटेर्ने प्रदेशका मन्त्रीहरुको राजीनामाको माग गरेका थिए ।

यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नाम सगरमाथा, कोशी या किरातमध्ये एक राख्नेबारेमा चर्चा चलिरहेका बेला लिम्बुवानले पहिचानको आधारमा नाम राखिनुपर्ने माग अघि सारेको थियो ।

प्रदेश सरकार गठन भएको ६ महिनासम्म पनि प्रदेश १ को नामाकरण र स्थायी राजधानी तोक्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment