+
+

भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालयमा विदा  

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १२ गते १९:२९

१२ भदौ, काठमाडौं । सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो ।

विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

मंगलबार बसेको सुरक्षा महाशाखाको बैठकले जोर विजोर प्रणाली लागू हुने तीनै दिन राति १० बजेदेखि विहान ६ बजेसम्म चल्ने गाडीमा भने जोर विजोर प्रणाली लागू नहुने निर्णय गरेको छ ।

त्यस्तै, विमस्टेक सम्मेलनमा खटिने र अामन्त्रित पाहुनाहरू, हवार्इ सेवामार्फत राजधानी बाहिर जाने यात्रु, अत्यावश्यक सवारी साधन र सूचना विभागको परिचय पत्र भएका पत्रकारका लागि पनि यो नियम लागू नहुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?