Comments Add Comment

बैतडीकाे दोगडाकेदार गाउँपालिकाकाे हरेक वडामा फ्रि वाइफाइ !

१४ भदौ, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उनले बताए । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ ।
उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ ।

यस्तै उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, इ–हाजिरी, इ–पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment