Comments Add Comment

आफ्नो विगतबारे सन्नीले बालबच्चालाई के भन्नेछिन् ?

‘कुनै यौनकर्मी र पोर्नस्टारमा के फरक हुन्छ ?’

सन्नी लियोनीको जिन्दगीमा बनेको ‘वेब सिरिज’को ट्रेलरमा एक पत्रकारले सन्नीलाई सोध्छ ।

जवाफमा सन्नीभन्छिन्, ‘एकै समानता हुन्छ, हिम्मत ।’

त्यही हिम्मत सन्नीलियोनको चाल, अनुहार र कुरामा देखिन्थ्यो, जब उनी मुम्बईको एक होटलमा उनी मलाई अन्र्तवार्ता दिइरहेकी थिइन् । उनले भनिन् कि, ‘करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सन्नीलियोनी’का लागि पत्रकारसागको साक्षतकारको दृश्यांकन गर्दाको क्षण निकै कठिन थियो ।

सन्नी ले भनेकी छिन्, ‘मलाई एकदमै असहज लाग्यो । किनभने उसले मलाई एकदमै नराम्रो प्रश्न सोधिरहेका थिए । तर, मैले ति प्रश्नहरुको जवाफ दिएा । किनभने ति प्रश्नहरु आम मानिसको मनमा पनि त खेलिरहेको थियो होला ।’

सन्नीलियोनी पछिल्लो पााच बर्षयता भारतमा सबैभन्दा बढी ‘गुगल’ गरिएको नाम हो । मानिसहरु उनलाई हेर्न चाहन्छन् । उनको बारेमा जान्न चाहन्छन् । तर, उनको विषयमा मानिसले आफ्नो धारणा बनाइसकेका छन् ।

सन्नी लाई लाग्छ, एक हिसाबले उनीमाथि मानिसको जुन धारणा निर्माण भएको छ, त्यसमा एकतर्फी कारण उनी स्वयम् हुन् ।

‘म आफ्नो सोंच र आफ्नो जिन्दगीका लागि एकदमै पारदर्शी छु । तर, मानिसहरु मलाई मेरो पछिल्लो पेशासाग जोडेर हेर्ने गर्छन् । त्यसमा उनीहरुको कुनै गल्ती पनि त छैन । समयसागै म बद्लिनेछु् । र, आशा गर्छु मानिसहरुले मेरो व्यक्तित्वको यो परिवर्तनलाई आत्मसात गर्नेछन् ।’

सन्नी ले बलिउडमा ‘आइटम नम्बर’ भनिने गीतपछि फिल्ममा पनि अभिनय गरिसकेकी छिन् । हालैमात्र उनको ‘द लस्ट’ पनि सार्वजनिक भइसकेको छ । मैलें सोधें कि, यो नामले पनि उनको छवि अगाडि लानेछ ।

उनले अस्विकार गरिदिदै भनिन्, ‘यति कम उमेरमा आफ्नो नामको परफ्यम हुनु कुनै पनि युवतीका लागि सपना जस्तै हुन्छ ।

सन्नीभन्छिन्, ‘बााकी परफ्युम ब्रान्ड पनि त यस्तै नाम राख्छ, जस्तो सिडक्शन वा फायर एन्ड आइस ।’

‘करनजीत कौर’ सन्नीलियोनीको असली नाम हो ।

उनको जिन्दगीमाथि बनेको वेब सिरिजमा यो नाम दिएकोमा शिरोमणि गुरुद्वारा प्रवन्धक समितिले विरोध गरेका थिए । ‘कौर’ले नाम सिख धर्ममा खास महत्व राख्छ, जबकी सन्नी को काम पोर्नसाग जोडिएको छ ।

सन्नी को सामुन्ने जब मैले यो कुरा राखे, तब उनले भनिन् त्यो उनको पासपोर्टमा छ । उनलाई आफ्नो आमाबुबाले त्यही नाम दिएका थिए । अहिले दुनियालाई यसका लागि स्पष्टिकरण दिन आवश्यक छैन ।  उनी बोलिन्, ‘त्यसैपनि मेरो नाम करनजीत कौर हो, केवल मेरो कामको नाम सन्नीलियोनी हो ।’

पोर्न उद्योगको कामका लागि पछुतो छैन

पोर्न उद्योगमा काम गरेका कारण सन्नीलियोनीले कहिले पनि लज्जित हुनुपरेन । त्यसबेला पनि उनले भनेकी थिइन्, यो उनको मनपर्ने काम थियो ।

भारतमा निजी रुपमा पोर्न हेर्नमा खास रोकटोक छैन । तर, पोर्न भिडियो, तस्विर आदि बनाउन गैर कानुनी मानिन्छ ।

संसारको सबैभन्दा चर्चित पोर्न वेबसाइट ‘पोर्नहब’का अनुसार अमेरिका, बि्रटेन र क्यानडापछि भारतमा सबैभन्दा बढी पोर्न हेरिन्छ ।

त्यसो भए के भारतमा कानुनी रुपले पोर्न उद्योग हुनुपर्छ ?

यस प्रश्नको जवाफमा सन्नीएकछिन पनि सोच्दिनन् । उनी भन्छिन्, ‘यो मेरो निर्णय होइन । भारत सरकार र यहााका नागरिकको हो ।’

के यस्तो उद्योग भएमा यौन सम्बन्धको बारेमा सहज वा खुलापन हुन्छ ? अमेरिकमा उनको अनुभव कस्तो रह्यो ?

जवाफमा सन्नी ले भनिन् कि उनको निजी रुची अरु कसैमाथि थोपर्न उपयुक्त हुादैन । समाजको सोच हरेक परिवारबाट निर्माण हुन्छ । र, हरेक युवतीको सोंच उनको आमाबुवाको मार्गदर्शनबाट ।

सन्नी का आमाबुबालाई उनको यो फैसला पटक्कै रुचीकर थिएन । तर, सन्नी ले अनुभूत गरेकी छिन् कि उनलाई निकै राम्रो ढंगले आमाबुबाले हुर्काए, बढाए । त्यही कारण सन्नीआफ्ना बुबाआमालाई एकदमै इज्वत गर्छिन् । साथसाथै आफ्नो निर्णयमा अडिग पनि रहन्छिन् ।

अहिले सन्नीबच्चाकी आमा भइसकेकी छिन् । उनले अर्काको एक बच्चालाई कानुनी प्रक्रिया अन्र्तगत आफ्नो काखमा लिइन् । अरु दुई छोरा सेरोगेसीबाट जन्माइन् । के अब ति बच्चाहरुले आफ्नो इच्छा अनुसार निर्णय लिने स्वतन्त्रता छ त ?

सन्नी ले भनिन् कि, ‘म चाहन्छु उनीहरुले उचाई हासिल गरोस् । प्रगति गरोस् । तर, उनीहरुको निर्णण् र बाटो आफ्नै होस् ।’

बच्चालाई के भन्ने छिन् सन्नीलियोनी ?

मेरो अन्तिम प्रश्न सायद सबैभन्दा गाह्रो थियो । त्यो प्रश्न सन्नीलियोनीको बारेमा त थियो तर सायद त्यसको जवाफ करनजीत कौरले दिनुपर्ने हुन्थ्यो ।

के तपाई आफ्नो पुरानो पेशाको बारेमा आफ्ना बच्चाहरुलाई भन्नुहुनेछ ?

सन्नी लाई यो प्रश्न त्यती राम्रो लागेन । उनले भनिन् कि, यो उनको सरोकार होइन । उनको मनमा लामो समयदेखि आमा बन्ने आकंक्षा थियो । अहिले उनी त्यसकै अनुभव गरिरहेकी छिन् । तर, यदी समय आएमा त्यसबारे आफुले आवश्यपनि बालबच्चालाई बताउने बताइन् । – बिबिसी हिन्दी अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment