१६ भदौ, काठमाडौं । शनिबार नयाँबजारस्थित ‘नयाँबजार मल्टी भेन्यू’को भान्छा कोठामा सिल गरिएको छ । यो पार्टी प्यालेलसको तयार भएका खानेकुरा बासी, सडेगलेकोर गुणस्तरहीन रहेको पाइएको छ ।
खाना बनाउन प्रयोग हुने मरमसला, पिठो लगायतका खाद्य पदार्थ पनि गुणस्तरहीन पाइएको छ । खानेकुरामा कैफियत रहेको आशंका लागेपछि पाहुनाहरुले उपभोक्ताकर्मीले अनुगमन टोलीलाई बोेलाएका थिए ।
निकैबेरको गलफत्ति पछि मात्रै अनुगमन टोलीले पार्टी प्यालसेमा सील गर्न सकेको थियो ।
बैंक्वेट अस्वस्थकर खानेकुरा खुवाइएको खुलेको छ । कुहिएकै मासु पकाएको आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले भेट्टायो ।
बैंक्वेटका सञ्चालक राजु महर्जनले बासी खानेकुरा र मासु खुवाएको भन्दै गल्ती स्वीकारेका छन् । बैंक्वेटको भान्छा पनि फोहोर भेटिएको छ ।
सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु फोहोर भेटिएका छन् । बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल समेत नभेटिएको उपभोक्ताकर्मी तिमल्सिनाले बताए ।














प्रतिक्रिया 4