+
+
Shares

कोरियाले स्वर्ण जित्यो, सन हेङ मिङले सैन्य सेवा गर्नु नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते २०:२१

१६ भदौ, काठमाडौं । जापानलाई हराउँदै दक्षिण कोरियाले एसियन्स गेम्स फुटबलमा स्वर्ण पदक जितेको छ । यससँगै टोटनहृयामका सन हेङ मिङले सैन्य सेवा टारेका छन् ।

शनिबार भएको फाइनलमा दक्षिण कोरियाले जापानलाई २-१ गोल अन्तरले हराएको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, अतिरिक्त समयमा कोरियाले ९२ औं मिनेटमा लि सङ वूले गोल गरे भने १०१ औं मिनेटमा वाङ हि चानले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ११५ औं मिनेटमा जापानका आयासे येडाले गोल गरेपछि टोलीको हार टार्न सकेनन् ।

यदि स्वर्ण नजितेको भए २६ वषर्ीय सन हेङ मिङले २ वर्ष सैन्य सेवा गर्नु पर्ने अनुमान गरिएको थियो । तर, स्वर्ण दिलाएसँगै टिमका सबै खेलाडी बचेका छन् ।

Results

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?