+
+

पाटनमा कृष्णभक्त, हेर्नुस् ९ तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते ११:२८

१७ भदौ, काठमाडौं । पाटनको कृष्ण मन्दिरमा आइतबार बिहानैबाट भक्तजनको घुइँचो लागेको छ ।

२०७२ को गोरखा भूकम्पपछि पहिलोपटक भक्तजनले पाटन कृष्ण मन्दिरभित्रै प्रवेश गरेर पूजा गर्न पाएका छन् । भूकम्पले क्षति पुगेपछि अघिल्ला वर्षमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको थियो ।

मन्दिर पुनर्निर्माणपछि सर्वसाधारणलाई पनि खुला गरिएपछि मन्दिरमा पूजा गर्न आएकाहरु उत्साहित देखिन्थे । उनीहरु आइतबार बिहानै २ बजेदेखि नै लाइनमा बसेका थिए ।

पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले एक पटकमा ८-१० जनासम्म दर्शनार्थीलाई एकैपटक भित्र प्रवेश गर्न दिएर पूजा गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी पनि आइतबार दिउँसो साढे दुई बजे पाटन कृष्ण मन्दिरमा पूजा गर्न जाँदैछिन् । कृष्ण जन्माष्टमीका दिन वर्षेनी राष्ट्रप्रमुख दर्शनका लागि जाने प्रचलन छ ।

मन्दिरमा दर्शनका लागि आउने विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?