Comments Add Comment

ऋण काढेर नक्कली वक्षस्थल, रातारात भइन् मालामाल

पेशाले मोडेल रहेकी बुल्गेरियाकी क्रिस्टिन कामेनोवा रातारात चर्चित बनेकी छिन् । उनको लोकप्रियता अचानक यतिधेरै बढेको छ कि इस्टाग्रामका फलोअर्स हजारौँ पुगेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि उनी छाउन सफल भएकी छिन् ।

यस्तो चर्चा पाउनुको कारक तत्व चाहीँ उनका नक्कली स्तनहरु हुन् । आफ्नो नक्कली वक्षस्थलका कारण उनले यस्तो उपाधि जितिन् कि दुनियालाई छक्कै बनाइन् ।

एउटा सुन्दरी प्रतियोगितामा उनले मिस सिलिकन स्टारको उपाधि जितेपछि एकाएक उनको चर्चा चुलिएको हो ।

स्तन प्रत्यारोपण गरी वक्षस्थलमा सिलिकन कोचेर भिमकाय बनाएकी उनले सुन्दरी प्रतियोगितामा पनि मिस सिलिकन स्टारको उपाधि पाइन् ।

नक्कली वक्षस्थलका कारण ब्युटी टाइटल प्राप्त गरेपछि मानिसहरुले उनका बारेमा सोसल मिडियामा खुबै चर्चा गरिरहेका छन् ।

क्रिस्टिनले इन्स्टाग्राममा प्रायः आफ्ना बोल्ड तस्वीर पोष्ट गर्दछिन् । ती तस्वीरमा प्रसस्तै कमेन्ट्स तथा लाइक्स प्राप्त हुन्छन् ।

अनौठो कुरा त के भने क्रिस्टिनले ऋण खोजेर आफ्नो ब्रेस्ट सर्जरी गराएकी हुन् । स्तन प्रत्यारोपण आफ्नो पहिले देखिकै सपना रहेको र आफु स्तन प्रत्यारोपणपछि खुसी रहेको उनी बताउँछिन् ।

३१ वर्षकी स्क्रिस्टिनले अहिलेसम्म तिनपटक स्तन शल्यक्रिया गरिसकेकी छिन् । पहिलोपटक १८ वर्षको उमेरमा उनले ब्रेस्ट सर्जरी गरेकी थिइन् ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment