Comments Add Comment

प्रिया प्रकाशलाई अदालतबाट राहत

आँखा झिम्क्याएको भिडियो क्लीपबाट चर्चित बनेकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरलाई भारतको सर्वोच्च अदालतले राहत दिएको छ । उनको आगामी फिल्म ‘ओरु अदार लभ’ लाई लिएर उनीविरुद्ध मुद्दा दायर भएकाे थियो । उक्त मुद्दालाई अदालतले खारेज गरिदिएको छ ।

सो फिल्ममा ‘मानिक्य मलाराया पूवी’ बोलको गीतलाई गलत तरिकाले प्रस्तुत गरिएको भन्दै फिल्म निर्माता र नायिका प्रिया प्रकाशमाथि हैदरावादमा केही युवाहरुले एफआईआर दायर गरेका थिए । प्रिया प्रकाशको भिडियो क्लीप भाइरल भएपछि उक्त एफआईआर दायर भएको थियो ।

हैदराबादमा दायर एफआईआरविरुद्ध प्रिया प्रकाशले सर्वोच्च अदालतको ढोका ढक्ढकाएकी थिइन् । मुख्य न्यायधिस दिपक मिश्राले उनको निवेदन स्वीकार गरेका थिए । मिश्राले उजुरीकर्ताहरुको आलोचना गरेका छन् ।

वकिलमाथि निशाना साँध्दै उनले भने, ‘कसैले फिल्ममा गीत गायो र तपाईं सिकायत गर्न आउनुभो । तपाईंको अरु काम छैन कि क्या हो ?’
प्रियाले सर्वोच्चमा दायर गरेको निवेदनमा भनिएको थियो कि यो सांस्कृतिक गीत उत्तरी केरलाको मालबार क्षेत्रमा मुस्लिमहरुले गाउने गर्छन् । यसलाई उजुरीकर्ताहरुले गलत तरिकाले लिएको उनको गुनासो थियो । फिल्म रिलिज पनि नभएको अवस्थामा गीतविरुद्ध उजुरी गर्नु जायज नभएको पनि उनले बताएकी छन् ।

फेब्रुअरी २०१८ मा ‘ओरु अदार लभ’ को टिजर रिलिज भएको थियो । यसमा प्रियाले आफ्ना को स्टारलाई आँखा झिम्क्याएको दृष्य छ, जुन इन्टरनेटमा भाइरल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment