Comments Add Comment

सारासँग तुलना गर्दा जान्भीलाई तनाव

बलिउडका नव नायिकाहरुमध्ये सर्वाधिक चर्चित छन् जान्भी कपुर र सारा अली खान । जान्भीको डेब्यू फिल्म ‘धडक’ प्रदर्शनमा आइसकेको छ भने साराको फिल्म ‘सिम्बा’ निर्माणाधिन छ ।

भारतीय मिडियाहरुले सारा र जान्भीबीच अत्यधिक तुलना गर्छन् । उनीहरुको सुन्दरतादेखि फिगरसम्मलाई दाँजेर हेर्ने गरिन्छ । धेरैले जान्भीको तुलनामा सारालाई बढि अंक दिन्छन् । यस्तो तुलना जान्भीलाई भने मन परिरहेको छैन ।

एक अन्तरवार्तामा उनले गुनासो गर्दै भनिन्, ‘किन मानिसहरु हामीलाई प्रतिस्पर्धिको रुपमा मात्र हेर्छन् ? जबकि पुरुष कलाकारहरुको विषयमा यस्तो कुरा हुँदैन ?’

उनले सारासँग आफ्नो राम्रो सम्वन्ध रहेको भन्दै उनको फिल्मको प्रतिक्षामा रहेको बताइन् । ‘मलाई थाहा छ साराले धुम मच्चाउने छिन् । म उनको ईश्र्यालु होइन प्रशंसक हुँ,’ जान्भीले भनिन् । उनले आफूहरुबीच प्रतिस्पर्धाको भावना नभएको दावीसमेत गरिन् ।

जान्भी र सारासँगै अनन्या पान्डे र तारा सुतारिया पनि डेब्यूको तयारीमा छन् । उनीहरुको भने त्यति धेरै चर्चा छैन । अनन्या र तारालाई निर्माता-निर्देशक करण जौहरले ‘स्टुडेन्ट अफ द इयर २’ बाट लन्च गर्न लागेका हुन् । अनन्या अभिनेता चंकी पान्डेकी छोरी हुन् भने तारा टेलिभजनकी चर्चित अभिनेत्री हुन् ।

साथै उनै करणले जान्भीकी बहिनी खुशी कपुरलाई शाहरुखका छोरा आर्यनको जोडी बनाएर डेब्यू गराउने योजना पनि बुनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment