Comments Add Comment

मकवानपुरमा दुई हजार बढीले गराए गर्भपतन

७ भदौ, हेटौंडा । मकवानपुरमा एक वर्षमा दुई हजार बढीले गर्भपतल गराएका छन् ।

सरकारले सुरक्षित गर्भपतनलाई केही शर्तसहित कानुनी मान्यता दिएपछि यहाँका २ हजार ६२ जना गर्भवतीले गर्भपतन गरेका हुन् ।

सन्तान जन्माउने इच्छा नभएको, लिंग पहिचान गर्दा आफूले चाहे अनुसारको नभएको र केही शारीरिक रुपमा अशक्त भएको कारणले गर्भपतन गराएको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष भन्दा ०७४/७५ मा गर्भपतन गराउनेको संख्या हृवातै बढेको हो । ०७३/७४ मा २७० जनाले मात्रै गर्भपतन गराएका थिए ।

गर्भपतन गराउनेको संख्या बढेको देखिए पनि तथ्याङकको आधारमा गर्भपतन सुबिधा लिन आउनेको संख्या अझै कम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व शाखाका प्रमुख सशिकान्त सिंहले बताए ।

उनका अनुसार जिल्लामा बाषिर्क रुपमा ११ हजार ६ सय ५० जना महिलाले गर्भधारण गर्ने तथ्याङक रहेपनि यही संख्याको २५ प्रतिशतको इच्चा बिपरीत गर्भवती हुने गर्छन, त्यो संख्या सूचीकृत नभएको प्रमुख सिंहले बताए ।

वार्षिक तथ्याङक अनुसार गर्भपतनको सुबिधा लिन आउनुपर्नेको संख्या २ हजार ९१२ जना हुनुपर्ने उनले बताए ।

जिल्लामा रहेका १५ वटा स्वास्थ्य सस्थाले गर्भपतन सेवा प्रदान गर्दै आएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडाका अनुसार जिल्लामा सरकारी अस्पताल सहित ४ प्राथमिक स्वास्थ्य केन्द्र, ९ हेल्थपोष्ट, १ सामुदायीक स्वास्थ्य केन्द्र र ३ वटा गैरसरकारी सस्थले सेवा दिदै आएका छन् ।

कस्तो अवस्थामा आइपुग्छन् अस्पताल

सरकारले सूचीकृत स्वास्थ्य सस्थाबाट इच्छा बिपरीत गर्भबसेमा फाल्न सकिने कानुनी मान्यता दिएपनि अहिले निकै समस्या देखिएको छ ।

अहिले बजारमा यौन धन्दामा रहेकाहरुले बजारमा पाउँने औषधि सेवन गर्ने र अवस्था नाजुक बनेपछि सेवाका लागि अस्पताल आउँने क्रम देखिएको स्त्रिरोग बिशेषज्ञ डाक्टर रामकाजी मर्हजनले बताए ।

असुरक्षित यौनसम्बन्धबाट गर्भ बस्ने र १२ घण्टाभित्र खानुपर्ने औषधि सेवन नगर्दा गर्भ रहने र समयपछि त्यस्तो औषधि सेवनले नभएपछि मात्र अस्पतालसम्म आउने गरेको उनले बताए ।

त्यसो गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने बताइएको छ । गर्भपतन गराउनुभन्दा सुरक्षित यांैन सम्बन्ध राख्ने वातावरण बनाउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

गर्भपतन सल्यक्रिया वा औषधिसेवन दुबै बिधिबाट गर्न सकिने भएपनि अव्यवस्थित ढंगबाट औषधि सेवनले समस्या ल्याएको उनको भनाइ छ ।

बजारका सबै मेडिकलले औषधि बेच्छन्, जुन अवस्थामा पनि चिकित्सकको सल्लाहबिना औषधि सेवनले स्वास्थ्यमा समस्या आउँने उनले बताए ।
१२ हप्ता सम्मको अनिच्छित गर्भलाई महिलाको स्वीकृतीमा गर्भपतन गराउन पाइने कानूनी व्यवस्था रहेको छ ।

करणी वा हाडनाता करणीका कारण गर्भ रहेमा १८ हप्तासम्म पनि गर्भपतन गराउन सकिने प्रावधान कानूनमा रहेको स्वास्थ्यकर्मीले बताए ।

गर्भवती महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्ने र गर्भका कारण महिलाको जीवन नै खतरा देखिएमा चिकीत्सकको सल्लाह बमोजिम मात्र गर्भपतन गराउने बताइएको छ ।

मकवानपुरमा २०७३ फागुनबाट गर्भपतन सेवा सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment