Comments Add Comment

पैसा, मोजमस्ती र मायाको कथामा ‘कथा काठमाण्डु’

चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर यसको निर्माणपक्षले सार्वजनिक गरेको हो ।

चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीत सार्वजनिकसँगै यसले खुबै चर्चा पाएको थियो । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् ।

चलचित्रको ट्रेलरमा पैसाको लागि जे पनि गर्ने एक पात्र, मोडल पेशामा आवद्ध भएपनि माया कमाउन नसकेकी यूवती, कलेजका यूवायूवती र एक जोडीको प्रेमलाई देखाइएको छ ।

असोज ५ गतेबाट रिलिज हुने चलचित्रले काठमाण्डौ भित्रको विभिन्न पाटोलाई उठान गर्न खोजेको छ । चलचित्रमा प्रियंका कार्की र प्रमोद अग्रहरि, संजोग कोइराला र सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको जोडीलाई देख्न सकिन्छ ।

चलचित्रको ट्रेलरमा पनि प्रियंका र  प्रमोद को अन्तरंग दृश्य समावेश गरिएको छ । चलचित्रको कथा अनुसार नै केही यस्ता दृश्यहरु खिचिएको निर्देशक श्रेष्ठले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment