प्रसुती पश्चात्त महिलाको पाठेघरबाट धेरै रक्तश्राव हुन्छ । । यस बेला महिलामा रक्तश्रावको समस्या सामान्य दिनभन्दा धेरै हुने गर्छ । किनकी यतिबेला दुई देखि छ सातासम्म रक्तश्राव हुने गर्छ भने एक दिनमा १२ घण्टासम्म पनि रक्तश्राव हुने गर्छ ।
योनीबाट हुने रक्तश्रावलाई लोचिया पनि भन्ने गरिन्छ । र, यो डिलिभरी पश्चात्त एक सामान्य प्रकि्रया अन्तर्गत पर्दछ र, गर्भासयमा प्लासेन्टा रहुन्जेल बग्छ ।
रक्तश्रावका कारण गुप्ताङ्गमा संक्रमण नहोस् भन्नका लागि यस समयमा स्वास्थ्यको विशेष ध्यान राख्न जरुरी छ । किनकसि गर्भावस्था पश्चात्त महिलाको योनी निकै संवदनशील हुन्छ र त्यसमा स्टिच लागेको कारण संक्रमण हुने संभवना पनि उच्च हुने गर्छ । यस्तो संक्रमण कम गर्नका लागि चिकित्सकहरु स्यानेटरी प्याडको सट्टा म्यार्टनिटी प्याड लगाउने सल्लाह दिने गर्छन् ।
आखिर, स्यानेटरी प्याड र म्याटरनिटी प्याड बीच के फरक छ ?
स्यानेटरी प्याड र म्याटरनिटी प्याड बीचको अन्तर
गर्भावस्थामा गर्भमा रहेको शिशुले पोषण प्राप्त गर्दा रगतको चाप ३० देखि ५० प्रतिशतसम्म बढ्ने गर्छ । जसका कारण प्रसुती पश्चात्त महिलामा रक्तश्रावको समस्या उच्च हुन्छ । त्यसैले, चिकित्सकहरु यस्तो बेला म्याटरनिटी प्याड प्रयोग गर्न सल्लाह दिइने गरिन्छ ।
म्याटरनिटी प्याड स्यानिटरी प्याडको तुलनामा लामो हुनुका साथै यसले लिकेज हुनबाट समेत जोगाउँछ । जसका कारण स्टिचेजमा कुनै किसिमको समस्या हुन पाउँदैन ।
आरामदायी
साधारण स्यानिटरी प्याडको माथिल्लो भागमा एउटा पातलो तह हुन्छ जसले स्टिच लगाएको ठाउँमा समस्या उत्पन्न गर्न सक्छ । जबकी म्याटरनिटी प्याड नरम हुनुका साथै मोटो पनि हुन्छ , जसले गर्दा सुत्न तथा बस्न पनि सजिलो हुन्छ । यो आरामदायी भएकै कारण क पडामा कुनै दाग पनि लाग्दैन । र, स्टिच लगाएको ठाउँ पनि दुख्दैन ।
एक दिनमा कति प्रयोग गर्न सकिन्छ ?
उउटा महिलाले एक दिनमा यो कतिपटक प्रयोग गर्न सक्दछन् भन्ने कुरा उनीहरुको अवस्थामा निर्भर हुन्छ । तर यसको आकार यति ठूलो हुन्छ कि सुरुमा २-३ वटा प्याडमै पनि काम चल्छ । त्यसपछि भने जरुरत अनुसार यसको प्रयोग गर्न सकिन्छ । डिलिभरी पश्चात्त महिलाहरुले व्यक्तिगत सरसफाईमा पनि विशेष ध्यान दिनु पर्ने हुदाँ प्रसुती पश्चात्त महिलाहरुले कम्तीमा दुईटा प्याकेट प्याड साथमै राख्दा राम्रो हुन्छ । किनकी शरीरमा संक्रमण नहोस् भन्नका लागि पनि महिलाहरुलाई प्रसुती पश्चात्त बारम्बार प्याड बदल्न आवश्यक छ ।
पछि पनि गर्न सकिन्छ स्यानिटरी प्याडको प्रयोग
शिशु जन्मेको एक साता पछि सुत्केरी महिलाहरुले साधारण स्यानिटरी प्याड प्रयोग गर्न सक्दछन् । यदी प्यान्टीलाईनर प्रयोग गर्न चाहनुहुन्छ भने चाही त्यसको लागि कम्तीमा चार हप्ता कुर्नु बेस हुन्छ ।
प्रतिक्रिया 4