Comments Add Comment

सिजापती र राई बने च्याम्पियन

१७ भदौ, पोखरा । पोखरामा भएको मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा काठमाडौंका मिलन बिक्रम सिजापती च्याम्पीयन बनेका छन् ।

बुल्समेन क्लब पोखराको आयोजनामा पोखरामा सम्पन्न तेश्रो संस्करणको प्रतियोगितामा काठमाडौंको नेपाल व्यायम मन्दिरका सिजापती च्याम्पियन बनेका हुन् ।

त्यस्तै पहिलोपटक आयोजित प्रथम महिला फिटनेस च्याम्पियनसिप २०७५ मा काठमाडौंकी बिनिता राई च्याम्पियन बनिन् । बज्र ननिता फिटनेश सेन्टरकी राई महिला प्रतिष्पर्धीलाई पछि पार्दै च्याम्पियन बनेकी हुन् ।

पुरुषतर्फको च्याम्पियन सिजापती ८० केजी तौल समूहमा प्रथम हुँदै फाइनल राउण्डमा प्रवेश गरेका थिए । उनले सबै तौल सूमहमा प्रथम हुने ६ जना प्रतियोगिलाई उछिन्दै उपाधि जितेका हुन् । पुरुषतर्फ च्याम्पियन बनेका सिजापतीले नगद ३ लाख सहित बुल्समेन ट्रफी जिते ।

त्यस्तै, महिलातर्फ च्याम्पीयन बनेकी राईले नगद ४० हजार १ सय ११ सहित ट्रफी जितिन् ।

प्रतियोगितामा पुरुष ५५ केजी तौल समूहमा नेपाल व्यायम मन्दिरका सुशील विन्दुकार, ६० केजी तौल समूहमा पोखरा जाइन्ट फिटनेशका मनोज केसी, ६५ केजी तौल सुमहमा बुटवल फिटनेशका मोतिलाल चौधरी, ७० केजी तौल समूहमा मेघा जिम पोखराका भरत श्रेष्ठ, ७५ केजी तौल समूहमा भक्तपुर प्यारामाउण्ट फिजिकलका प्रवेश श्रेष्ठ, ८० केजी तौल समूहमा नेपाल व्यायमका मिलन विक्रम सिजापती र ८० केजी भन्दा माथिको तौल समूहमा मोरङ पथरी फिटनेशका प्रकाश राई प्रथम भए ।

प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम हुने पुरुष नगद २० हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितका बिजेताहरुलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, बुल्समेन क्लबका संरक्षक सुनिल गुरुङ, संस्थापक अध्यक्ष बुद्ध गुरुङ, बुल्समेन हङकङका संरक्षक इश्वर गुरुङ, नेपाल शारिरक सुठन तथा फिटनेशका केन्द्रीय अध्यक्ष शिब लामिछाने, बुल्समेन क्लवका अध्यक्ष नुना गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment