1. ताजा अपडेट
Comments Add Comment

सिरानीको खोल किन बदल्ने ?

तपाईलाई यो प्रसंग सामान्य लाग्न सक्छ र मनमनै भन्नुहोला, ‘ह्या यो मामुली कुरा ।’ कुरा सिरानीको खोलको हो । यो जस्तोसुकै भएपनि हामीलाई कुनै मतलब हुन्न । झट्ट हेर्दा राम्रो एवं आकर्षक देखिए पुग्छ ।

तर, आँखा चिम्लेर सोच्नुहोस् त ?

तपाईं कम्तीमा ६ घण्टा त्यसैको सम्पर्कमा रहनुहुन्छ । तपाईंको टाउको त्यहीमा थमाइएको हुन्छ । रातभरमा कति पटक तपाईंको अनुहार, नाक, कान उक्त खोलमा रगडिन्छ ।

अब तपाईंलाई लाग्न सक्छ, मामुली ठानेको सिरानीको खोल वास्तवमै संवेदनसिल रहेछ । तपाईंको स्वास्थ्यसँग यसको प्रत्यक्ष साइनो छ । त्यसैले सिरानीको खोल यस्तो हुनुपर्छ, जो सफा र आकर्षक मात्र होइन, छालामैत्री पनि हुनुपर्छ ।

जब तपाईं सुतेर सास फेरिरहनुभएको हुन्छ, त्यसबेला सिरानीमा फोहोर-मैला, दुर्गन्ध छ भने त्यो सोझै तपाईंको फोक्सोमा पुग्छ । दमको रोगीलाई त यसले निकै असर गर्छ । सामान्य व्यक्तिलाई पनि क्रमस रोगी बनाउँछ ।

ध्यान दिनैपर्ने कुरा

स्वस्थ्य शरीरका लागि पनि गहिरो निद्रा आवश्यक छ । निद्राका कारण शरीरले आराम महसुस गर्छ । निद्राले शरीरलाई उर्जा प्रदान गर्नुका साथै शरीरका मांसपेशी बलियो हुने गर्छ । त्यसैले, स्वस्थ शरीरका लागि पनि एउटा मानिसलाई दिनमा कम्तीमा ७ देखि ८ घण्टाको निद्रा जरुरी छ । र, राम्रो तथा गहिरो निद्राका लागि ओढ्ने, ओछ्याउने तथा सिरानी पनि सफा तथा राम्रो हुन जरुरी छ ।

तर कतिपय मानिसहरु ओढ्ने, ओछ्याउने तथा सिरानी प्रति त्यति सजग भएको पाइदैन । जसका कारण शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्छ ।

शरीरलाई स्वस्थ राख्नका लागि सिरानीमा विशेष ध्यान दिन जरुरी छ । र, यसका लागि सफा तकिया प्रयोग गर्न जरुरी छ । अन्यथा, फोहर  तकियाका कारण स्वासप्रस्वास सम्बन्धि समस्या मात्र नभई अन्य विभिन्न किसिमको समस्या निम्तिन सक्छ ।

सिरानीको खोलका कारण स्वास्थ्यमा पर्न सक्ने समस्या

-डन्डिफोर आउँछ

-कपाल विग्रन्छ

-किरा पर्छ

-एलर्जी हुनसक्छ

-प्रतिरोधी क्षमता कमजोर हुन्छ

डन्डिफोर आउने

शरीरको अन्य भागको तुलनामा कपालमा बढी फोहर हुने गर्छ । फोहर खोलको प्रयोगले कपाल फोहर हुनुका साथै कपाल चिल्लो समेत हुन्छ । र, फोहर खोलको प्रयोगले कपाल फोहर हुने मात्र हैन, पम्पल्स तथा छाला सम्बन्धि अन्य समस्या समेत निम्तिने सक्छ । यस्ता समस्याबाट बच्नका लागि तकियाको खोललाई समय समयमा बदल्नु पर्छ ।

कपाल विग्रन्छ

तकियाको खोलको कमसल किसिमको भएमा कपाल सम्बन्धि समस्या पनि निम्तिन सक्छ । विशेषगरी सुतीबाट बनेको खोलको प्रयोगले कपालमा हाँगा पलाउने, कपाल झर्ने तथा कपाल लट्टा पर्ने लगायतको समस्या निम्त्याउन सक्छ । यस्ता समस्याबाट बच्नका लागि सिल्कद्धारा निर्मित तकियाको खोल प्रयोग गर्नु उचित हुन्छ ।

किरा पर्छ 

समय समयमा तकियाको खोल नबदलेको खण्डमा तकियामा जम्मा भएको धुलोका कारण उडुस, उपिया लगायतका किरा पर्न सक्छ । र, यस्ता किरा हटाउन पनि निकै समस्या झेल्नुपर्छ । त्यसलै, यस्ता समस्याबाट बच्नका लागि तकियालाई सफा , स्वच्छ राख्न आवश्यक छ ।

एलर्जी हुनसक्छ

लामो समयसम्म एउटै खोल प्रयोग गर्नाले स्वासप्रश्वास नलीमा फोहरको कर्ण छिर्न सक्छ । यसले न केवल रोगको संक्रमण हुने जोखिम बढ्छ, अस्थमा लगायतका अन्य खतरा समेत बढाउन सक्छ । यो समस्याबाट बच्नका पनि सातामा कम्तीमा एक पटक तातो पानीले तकियाको खोल धुन जरुरी हुन्छ ।

प्रतिरोधी क्षमता कमजोर हुन्छ

कयौ मानिस तकियालाई खासै  वास्ता गदैनन् । र,  लामो समयसम्म तकियाको खोल बदल्नमा पनि खासै चासो दिदैनन् । जबकी तकियाको खालले पनि शरीरको प्रतिरोधी क्षमता कमजोर हुने गर्छ ।  विशेषगरी, समय समयमा तकियाको खोल नधुनाले तकियामा व्याक्टेयिा तथा भाइरस जम्मा हुने गर्छ । जसका कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनुका साथै स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्त्याउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

73%

खुसी

2%

दुःखी

19%

अचम्मित

4%

उत्साहित

2%

आक्रोशित

ट्रेन्डिङ

Advertisment