Comments Add Comment

सञ्चारमन्त्री बाँस्कोटा इथियोपिया प्रस्थान

१७ भदाै, काठमाडाैं। सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा इथियोपिया प्रस्थान गरेका छन् । विश्‍व हुलाक संघद्वारा इथियोपियाको अद्दिस अबाबामा आयोजित एक सम्मेलनमा सहभागी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

यही भदौ १८ देखि २२ गतेसम्म चल्ने उक्त सम्मेलनमा संघको सदस्य राष्ट्रको रुपमा नेपालको मन्त्रीस्तरीय प्रतिनिधित्व गर्न लागेको हो ।

विश्‍व हुलाक संघको विद्यमान कार्यप्रणालीमा सुधार, हुलाक सेवामा नव-प्रवर्तन, एकीकरण र वित्तीय समावेशीकरण, संघमा सदस्य राष्ट्रहरुले गर्ने योगदानको समीक्षा गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा मन्त्री बाँस्कोटाले सम्वोधन गर्ने कार्यक्रम छ ।

साथै अन्य देशका सहभागी सञ्‍चार मन्त्रीहरुसँग द्धिपक्षीय वार्ता गरी हुलाक सम्बन्धी अनुभव आदन-प्रदान गर्ने कार्यक्रमसमे रहेको छ ।

नेपालले वि.सं. २०१३ सालमा संघको सदस्यता प्राप्त गरे पश्‍चात ग्रामीण तहसम्म हुलाक सेवाको संरचना विस्तार भएको छ।

नेपालको हुलाक सेवामा समयानुकूल सुधार गरी यसलाई प्रतिष्पर्धी र व्यवसायिक बनाउन आगामी दिनमा चाल्नु पर्ने कदम बारे जानकारी हासिल गर्न प्रस्तुत भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment